नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि असार ३१ गते सरोकारवालाबिच समीक्षा कार्यक्रम गरिएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच पूर्व समीक्षा गरिएको छ ।
समीक्षा कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बन्दना राईले इन्सेकले मानव अधिकारको क्षेत्रमा खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै मानव अधिकारको क्षेत्रमा सबैको समन्वय र सहकार्यमा भए जिल्लालाई मानव अधिकारमैत्री जिल्ला बनाउन सकिने बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी गोविन्दराज काफ्ले पछिल्लो समय जिल्लामा आत्महत्याका घटनामा वृद्धि भएकाले त्यसको कारण खोज्न आवश्यक रहेको बताउनु भयो । उहाँले मानिसको स्वतन्त्रपूर्वक बाँच्न पाउने अधिकारमाथि कोही कसैबाट अवरोध भए व्यक्तिले आत्महत्याको बाटो रोज्ने भएकाले त्यसको कारण खोज्न आवश्यक रहेको बताउनु भयो ।
सिद्धिचरण नगरपालिकाकी उपप्रमुख इच्छाकुमारी गुरुङले नगरपालिकाले मानव अधिकार संरक्षणका लागि असहाय महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, बेपत्ता पारिएका नागरिकहरू र एकल महिलाहरूको क्षेत्रमा काम गरीरहेको बताउनु भयो । उहाँले नगरपालिकाभित्र सडक बालबालिकाको बढेकाले त्यसको न्यूनीकरणका लागि अधिकारको क्षेत्रमा क्रियाशील सङ्घ संस्थाले अभियान चलाउन आवश्यक रहेको बताउनु भयो ।
जिल्लामा सन् २०२१ को ६ महिनाको अवधिमा २९ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख भएको प्रतिवेदन इन्सेक जिल्ला प्रतिनिधिले प्रस्तुत गर्नु भएको थियो । बलात्कार र बलात्कार प्रयासका नौ ओटा, बाल यौन दुर्व्यवहारका चार ओटा, घरेलु हिंसाका १५ ओटा र कुटपिटको एक ओटा घटना जिल्लामा अभिलेखीकरण गरिएको छ ।
सरस्वती बानिया
सम्बन्धित इन्सेक गतिविधिहरू
जिल्ला स्तरीय सिफारिस संयन्त्र गठन
मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाका पीडितलाई उचित सेवा प्रदान गर्नका लागि सहयोग पु¥याउने उद्देश्यले रुकुम पश्चिम जिल्लामा जिल्ला स्तरीय सिफारिस संयन्त्र गठन गरिएको छ । इन्सेकको आयोजनामा असार २०…
अन्नपूर्णलाई बालमैत्री गाउँपालिका बनाउन सरोकारवाला प्रतिबद्ध
अन्नपूर्ण गाउँपालिकामा असार १९ गते सम्पन्न बालमैत्री स्थानीय शासन प्रवर्धनसम्बन्धी अभिमुखिकरण कार्यक्रममा बालमैत्री गाउँपालिका बनाउन सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी र सामाजिक विकास कार्यालय…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम २०७९ असार १६ गते जिल्ला समन्वय समितिको सभाहल ललितपुरमा सम्पन्न भएको…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सप्तरीमा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व राजविराजमा असार १६ गते अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरिएको छ ।…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि असार १५ गते बीरगंजमा सम्पन्न गरिएको छ । जिल्लामा पछिल्लो ६…