नेपाल मानव अधिकार वर्ष पुस्तक अर्धवार्षिक पूर्व समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्षपुस्तक २०२२ मा समेटिने मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको अर्धवार्षिक पूर्वसमीक्षा असार ३१ गते सम्पन्न भएको छ ।
इन्सेक नुवाकोटको आयोजनामा विदुरमा भएको कार्यक्रममा जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायधिवक्ता टेकराज भुषालले जिल्लामा महिलामाथि हुने हिंसा र अपराधका घटनामा वृद्धि भइरहेको बताउनुभयो । उहाँले महिलामाथि हुने हिंसा विरुद्ध कानुनी र सामाजिक सचेतनाको खाँचो रहेको पनि बताउनुभयो ।
न्यायधिवक्ता भुषालले कानुनले नै पीडितको अधिकार संरक्षण गरेको उल्लेख गर्दै पीडितलाई न्यायमा सहज पहुँच र प्राप्तिको लागि आफ्नो कार्यालयले भूमिका खेलिरहेको समेत बताउनुभयो ।
जिल्ला अदालत बार इकाईका अध्यक्ष राजाराम थपलियाले कतिपय घटनाहरूमा जिम्वेवार निकायहरू प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालयले गहन अनुषन्धान नगर्दा पीडितले न्याय पाउनबाट बञ्चित भएका बताउनु भयो । उहाँले जिम्मेवार व्यक्ति तथा निकायबाट राम्ररी अनुषन्धान गर्नु पर्नेमा जोड दिनु हुँदै राजनीतिक दबाबका कारण समेत कतिपय पीडितहरू न्यायिक पहुँचबाट बाहिर रहने गरेको समेत उल्लेख गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य ध्रुवकुमार रावलले हिंसाका घटनाहरू न्युनिकरणको लागि मानव अधिकार र कानुनी पक्षबारे विद्यालयस्तरमा कानुनी सचेतनाको खाँचो रहेको बताउनुभयो ।
नेपाल पत्रकार महाङ्घका जिल्ला अध्यक्ष कपिलदेव खनालले इन्सेकले वर्षपुस्तक सार्वजनिक गरेको समयमा जिल्लाको छुट्टै प्रतिवेदन विस्तृत रुपमा हरेक जिल्लामा सार्वजनिक गर्ने परिपाटीको थालनी गर्नु पर्ने बताउनुभयो ।
यसले जिल्लाको मानव अधिकारको अवस्थाको वास्तविक तस्वीर बाहिर ल्याउनको लागि मद्दत पुग्ने अध्यक्ष खनालको धारणा थियो ।
कार्यक्रममा मानव अधिकार एलायन्सका अध्यक्ष गोकर्ण नेपाल, डेमोक्रेटिक लयर्स एसोसिएसनका उपाध्यक्ष कृष्णलाल श्रेष्ठ, अधिकारकर्मी निरु परियार, पत्रकार श्रीराम नेपाल लगायतले मानिसलाई मानव अधिकारको बारेमा विस्तृत जानकारी दिनको लागि कानुनी सचेतनाको खाँचो रहेकोमा जोड दिनु भएको थियो ।
सहभागी वक्ताहरूले कानुनको जानकारी र मानिसमा चेननाको अभिवृद्धि गर्न सकिएमा अधिकार उलङ्घनका घटनामा कमी आउने विस्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्लामा शैक्षिक, स्वास्थ्यको क्षेत्रमा कोभिडले पारेको असर र पछिल्लो ६ महिनामा भएको बलात्कार, बलात्कार प्रयास, यौन दुव्र्यवहार, हत्या, बहुविवाह लगायतका घटनाको बारेमा इन्सेकका जिल्ला प्रतिनिधिले जानकारी दिनुभएको थियो ।
जिल्लामा पछिल्लो ६ महिनामा बलात्कार, बलात्कार प्रयास, यौन दुव्यर्वहार, हत्या, बहुविवाहका गरी १६ ओटा घटना इन्सेकले अभिलेख गरेको छ ।
नवदीप श्रेष्ठ
सम्बन्धित इन्सेक गतिविधिहरू
जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित श्री सुर्यप्रकाश सिर्जनशील बाल अधिकार समुहको आयोजना, पञ्चपुरी मानव अधिकार समुह, श्री सुर्यप्रकाश मावि पलैटेको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा २०८१ माघ…
बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ माघ २ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,…
भूकम्प सुरक्षा दिवसका अवसरमा विपत् न्यूनिकरणका विषयमा छलफल
भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित “स्कूल क्लबमा आधारित उत्थानशील समुदाय मोडल परियोजना” मार्फत विपत् जोखिम न्यूनीकरणको लागि तालिम प्राप्त शिक्षिका/शिक्षकहरूले जोखिम…
भास्सराका विद्यार्थीद्वारा विपद् जोखिम न्यूनीकरणमा सामुदायिक सचेतना अभिवृद्धि
ललितपुर महानगरपालिका-१९ को भास्सारा माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण (डीआरआर) कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गरिएको छ । प्राकृतिक विपद्सँग सम्बन्धित जोखिमबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सचेतना…
इन्सेकद्वारा उपचारमा आर्थिक अभाव झेलेका बालकलाई आर्थिक सहयोग
आर्थिक अभावका कारण डिस्चार्ज भएर घर जानसमेत समस्यामा परेका बैतडीका १४ वर्षीय रोशन धामीलाई इन्सेकले आर्थिक सहयोग गरेको छ । इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले पुस २७ गते पीडितलाई…