नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्यूठानको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलित घटनाहरूको सारोकारवालाहरूबिच अर्धवार्षिक पूर्व समीक्षा असार २९ गते सम्पन्न भएको छ ।
इन्सेक जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेले जिल्लामा सन् २०२१ जनवरीदेखि जुनसम्म जिल्लामा अभिलेख गरिएका घटनाहरू प्रस्तुत गर्नु भएको थियो । जसमा हत्या एक, बालिका बलात्कार, यौन दुर्व्यवहारका दुई ओटा, महिला बलात्कारका दुई वटा र घरेलु हिंसाका आठ ओटा गरी १३ वटा घटनाहरू रहेका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर देवीप्रसाद गैरेले इन्सेकले अभिलेख गर्ने घटनाहरूले जिल्लाको मानव अधिकारको अवस्था चित्रण गरेको बताउनु भयो । उहाँले इन्सेकले प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तक मानव अधिकारको क्षेत्रमा महत्वपुर्ण दस्तावेज भएको बताउनु भयो ।
राष्ट्रिय अपाङ्ग सङ्घका जिल्ला अध्यक्ष जुमानसिह केसीले जिल्लामा घटेका मानव अधिकारका घटनाहरूको बारेमा पीडित तथा पीडकको अवस्था, न्याय प्राप्तीमा राज्यको भूमिकाका बारेमासमेत समीक्षा गरिने भएकाले इन्सेकले गर्ने कार्यक्रम प्रभावकारी हुने बताउनु भयो ।
मानव अधिकार रक्षक सञ्जालका संयोजक पार्वता आचार्यले कोभिड –१९ को सङ्क्रमणमा घटनाहरूको अभिलेख गर्ने कार्य कठिन भएको बताउदै अभिलेख गर्ने कार्यलाई इन्सेकले निरन्तरता दिनुपर्ने बताउनु भयो ।
रविन्द्र पाण्डे
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार सहयोग कक्षको सवलीकरण बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनमा चैत १६ गते मानव अधिकार सहयोग कक्षको सवलीकरणका लागि सरोकारवालाहरूसंग मधेस प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । मधेसी आयोगका अध्यक्ष डा.…
न्यायिक समितिले काममा बिश्वास जगाऊँ : मेयर शर्मा
नारायण नगरपालिकाका मेयर लोमन शर्माले न्यायिक समितिको कामलाई प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । इन्सेक र यूएनडीपीको संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना फेज–२ ले संयुक्त…
मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना पुस्तक प्रदान
इन्सेक लुम्बिनी प्रदेश कार्यालयले मानव अधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना पुस्तक सरोकारवालाहरूलाई प्रदान गरेको छ । इन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महतले चैत १५ गते जिल्ला समन्वय समिती कपिलवस्तुका…
मानव अधिकार समूह र स्थानीय सरोकारवालाहरूको लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न
इच्छाकामना गाउँपाालिका स्तरीय मानव अधिकार समूहका लागि आयोजित दुई दिने कार्यक्रम ०७९ चैत १४ गते समापन भएको छ । तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष माया सिलवालले मानव अधिकार…
इन्सेक प्रदेश संयोजक र मानव अधिकार समूहबीच छलफल कार्यक्रम सम्पन्न
इन्सेकद्वारा गठित मानव अधिकार समूह कपिलवस्तुसँग इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतबीच छलफल कार्यक्रम चैत १५ गते सम्पन्न भएको छ । उक्त कार्यक्रममा बोल्दै संयोजक महतले ०४५ सालदेखि शिक्षा, स्वास्थ्य,…