नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रुकुमपूर्वको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस ३ गते सम्पन्न भएको छ । इन्सेक जिल्ला प्रतिनिधि जयमान बुढा मगरले २०२० जनवरीदेखि जिल्लामा सङ्कलन गरेका ११ वटा घटना प्रस्तुत गर्नु भएको थियो । जसमा१० महिला र एक बालिका पीडित भएका छन ।
कार्यक्रमका जिल्ला अदालतका श्रेस्तेदार कुबेर पाण्डेले वर्ष पुस्तक, पुस्तक मात्र नभई मानव अधिकारका लागि निरन्तरको अभियान भएको बताउनु भयो । उहाँले आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक रुपान्तरणका लागि वर्ष पुस्तकले निरन्तर अभियानको रूपमा काम गरेको बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी राजकुमार राईले आम नागरिकले मानव अधिकार प्रति प्रत्याभूति गराउने काममासक्रिय ढङ्गले काम गरि रहेकोले सबै जिल्लावासीले इन्सेकको काममा सहयोग गरी सभ्य नागरिक समाजको निर्माण गर्नु पर्ने बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका इन्स्पेक्टर दिपेन्द्र बानियाँले वर्ष पुस्तकले जिल्लाको मानव अधिकारको अवस्था झल्काएको र नागरिकको मानव अधिकारको रक्षा गर्न प्रहरीले जिम्मेवारी बहन गर्ने प्रतिवद्धता जनाउनु भयो ।
जयमान बुढा मगर
सम्बन्धित इन्सेक गतिविधिहरू
दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय हेटौँडाको आयोजनामा चितवनको कालिका नगरपालिकामा गठन भएको मानव आधिकार समूहका सदस्य र सरोकारवालाहरूको लागि सञ्चालन भएको दुई दिने क्षमता अभिवृद्धि तालिम ०७९…
बाल अधिकार चेतना समूहद्वारा जनचेतनामूलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालयद्वारा बेलौरी नगरपालिका–२ गोकुलपुरस्थित श्री लक्ष्मी माध्यमिक विद्यालय र वाड नम्बर ३ स्थित श्री जनजागृती पुष्पलाल स्मृती माध्यमिक विद्यालयमा गठित बाल अधिकार चेतना…
मानव अधिकार सहयोग कक्षको सवलीकरण बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनमा चैत १६ गते मानव अधिकार सहयोग कक्षको सवलीकरणका लागि सरोकारवालाहरूसंग मधेस प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । मधेसी आयोगका अध्यक्ष डा.…
न्यायिक समितिले काममा बिश्वास जगाऊँ : मेयर शर्मा
नारायण नगरपालिकाका मेयर लोमन शर्माले न्यायिक समितिको कामलाई प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । इन्सेक र यूएनडीपीको संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना फेज–२ ले संयुक्त…
मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना पुस्तक प्रदान
इन्सेक लुम्बिनी प्रदेश कार्यालयले मानव अधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना पुस्तक सरोकारवालाहरूलाई प्रदान गरेको छ । इन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महतले चैत १५ गते जिल्ला समन्वय समिती कपिलवस्तुका…