नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ प्रकाशन पुर्व वार्षिक समीक्षा सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सर्लाहीद्वारा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस ६ गते मलङ्गवामा सम्पन्न गरिएको छ ।
कार्यक्रममा सन् २०२० मा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना प्रतिवेदन इन्सेक जिल्ला प्रतिनिधि बुधान साहले प्रस्तुत गर्नुभएको थियो ।
प्रस्तुत प्रतिवेदनमा राज्यबाट भएको मानव अधिकार उल्लङ्घनका पाँच र हत्याका तीन, महिला हिंसा तथा यौन र्दुव्यवहार १२, बलात्कार प्रयासका दुई, कुटपिटका चार, अज्ञात व्यक्तिको गोली प्रहारबाट एक, आगजनी एक, कुटपिट एक, घरेलु हिंसाका दुई, अपहरणका एकलगायत ३२ ओटा घटना रहेका छन् ।
मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको वार्षिक पुर्व समीक्षा कार्यक्रम इन्सेकले सङ्कलन गरी समीक्षा गर्दै आएकोमा धन्यवाद दिँदै जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीले स्थानीय तहसम्म पुगेर मानव अधिकार उल्लङ्नका घटना उजागर गर्न र गराउन आवश्यक भएको सुझाव दिनु भयो ।
सर्लाही जिल्लामा न्यायिक समितिको क्षमता अभिबृद्धि गर्न सकेमा पीडित पक्षले सहज र छिटो छरितो न्याय पाउन सक्ने र यसले गर्दा मानव अधिकारको संरक्षणमा पनि सहयोग पुग्ने ओरेक नेपालकी जिल्ला अधिकृत ज्योती तिवारीले बताउनु भयो ।
बालबालिका तथा महिलामाथि बलात्कार र घरेलु हिंसाका घटना दिन प्रतिदिन बढिरहेकाले यस्ता घटनाहरुको न्यूनिकरणमा सरोकारवालाहरुको सबैको ध्यान जानु पर्ने नागरिक समाजका अध्यक्ष उग्रकान्त झाले बताउनु भयो ।
जिल्ला भित्रको हरेक स्थानीय तहले पीडितहरुलाई राहात पुग्ने गरी कार्यक्रम बनाएर कार्यान्वयन गर्न आवश्यक रहेको र पीडित केन्द्रीत कार्यक्रम सञ्चालन गर्न सके मात्रै समस्याको समाधान हुने महिला अधिकारकर्मी रिना साहले बताउनु भयो ।
प्रहरीलाई कुनैपनि घटनाको सत्य तथ्य अनुसन्धान गर्न समय लाग्ने हुनाले मानव अधिकारकर्मीहरूले वास्तविक पीडितलाई न्यायको प्रक्रियामा ल्याउन सहयोग गर्न जिल्ला प्रहरी कार्यालयका असई रामकृपाल साहले आग्रह गर्नु भयो ।
इन्सेक प्रदेश २ कार्यालय, जनकपुर
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार तथा वातावरण अधिकार समूहको प्रदेशस्तरी बैठक सम्पन्न
अनौपचारिक क्षत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोनामा मानव अधिकार तथा वातावरण अधिकार समूहकोे प्रदेशस्तरी बैठक ०८१ माघ ३० गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेस…
मानव अधिकार रक्षकको विधेयक तर्जुमासम्बन्धी छलफल
मानव अधिकार रक्षकको विधेयक तर्जुमासम्बन्धी छलफल गरिएको छ । कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रालयका प्रतिनिधि, मुख्य न्यायाधीवक्ता, राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक र मानव अधिकार रक्षक…
इन्सेक जिल्ला प्रतिनिधि मल्ल सम्मानित
मानव अधिकार र श्रमजीवि पत्रकारको अधिकारका लागि महत्त्वपूर्ण भूमिका खेलेको भन्दै इन्सेक जिल्ला प्रतिनिधि कालिबहादुर मल्ललाई प्रेस चौतारी नेपाल कालिकोटले सम्मानित गरेको छ । कालिकोट जिल्लामा बसेर मानव अधिकार रक्षकका…
बालविवाह विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित जनज्योति बाल अधिकार समूह बराहताल गाउँपालिका–५, बड्डीचौरको आयोजना, बराहताल मानव अधिकार समूह, जनज्योती माध्यामिक विद्यालय बराहताल गाउँपालिका–५ बड्डीचौरको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक…
बाल अधिकार सचेतना समूह परिचालन कोष हस्तान्तरण
जानकी गाउँपालिका–४ मा रहेको जानकी माध्यमिक विद्यालयमा इन्सेकले ०८१ माघ २५ गते बाल अधिकार सचेतना समूह परिचालन कोष हस्तान्तरण गरेको छ । उक्त बाल अधिकार समूहले बाल अधिकार सम्बन्धी हाजिरी…