नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पाल्पाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस १ गते तानसेनमा सम्पन्न भएको छ ।
कार्यक्रममा सन २०१७ को जनवरीदेखि हालसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालले इन्सेकले हरेक घटनाहरूलाई सुक्ष्म रूपमा लिई अध्ययन गर्दै आएको र यसले राज्यका निकायहरूलाई समेत सहयोग मिलेको बताए ।
उनले इन्सेकले बाहिर ल्याएर समस्याहरूलाई समाधान गर्न राज्यका निकायहरूले समेत सक्रियता देखाउँदै आएको बताए । प्रमुख बस्यालले जिल्लाका कतिपय स्थानमा अहिले पनि बिपन्न समुदायका बालबालिकाहरू अध्ययनबाट वञ्चित भएको भन्दै यस्ता विषयहरूको खोजी गरी सम्बन्धित निकाय सामु ल्याउन इन्सेकलाई आग्रह समेत गरे ।
सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर कुँवरले मानव अधिकार उल्लङ्घनको घटनालाई अभिलेखीकरण गर्ने कार्य अत्यन्तै चुनौतिपूर्ण रहेको भन्दै इन्सेकले घटनाको अभिलेखीकरणमा निरन्तरता दिएकोमा धन्यवाद दिए ।
उनले पाल्पा कारागारमा ल्याण्डलाइन फोन जडान, बिचल्लीमा परेका दुई जना बोटे बालबालिकाहरूको शिक्षा र अपाङ्गता भएका व्यक्तिको परिचयपत्र बनाउने कार्यलगायतमा इन्सेक र मानव अधिकार निगरानी समूहले गरेको पहल सराहनीय रहेको बताए ।
कार्यक्रममा इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाले यो वर्ष सङ्कलन गरिएका ६७ ओटा घटनाहरू प्रकाशन पूर्व समीक्षाका लागि प्रस्तुत गरेका थिए ।
उनले कारागारका आश्रति बालबालिकाले क/ख समेत सिक्न नपाएको, पुरूष बन्दी गृहको निर्माण ढिलाइले बन्दीले जोखिम मोल्नुपरेको, शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा जनताले पूर्ण उपयोग गर्न नपाएको लगायतका विषय प्रस्तुत गरेका थिए ।
अनलाइन डेस्क
सम्बन्धित इन्सेक गतिविधिहरू
बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग
डिसीएको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा ०८१ चैत ४ गते बलात्कार घटनाकी पीडित २२ वर्षीया महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।…
वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न
इन्सेकले चामुण्डाबिन्द्रासैनी नगरपालिकामा ०८१ चैत ३ गते स्थानीय तहमा वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा जवाफदेही वक्ता र सहभागीहरूले फोहोर व्यवस्थापन मुख्य चुनौती भएको बताएका छन् । सङ्घीय…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको आयोजना र डिसिएका अर्थिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ फागुन २९ गते जनकपुरधाममा सम्पन्न भएको छ । बैठकमा इन्सेक…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भएका कारण सामुहिक बलात्कारमा पर्नुभएकी १३ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि फागुन २९ गते पीडित परिवारलाई १० हजार रुपियाँ सहयोग गरेको छ । इन्सेक रुपन्देही…
बलात्कार घटनाको पीडित बालिकालाई इन्सेकको सहयोग
१४ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ चैत १ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ…