नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ को प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ को प्रकाशन पूर्व जिल्लामा वार्षिक समीक्षा कार्यक्रम पुस ३ गते सम्पन्न भएको छ ।
सन् २०२० को जनवरीदेखि डिसेम्वर १५ सम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ६० ओटा घटनाको समीक्षा गरिएको छ ।
जसमध्ये राज्यपक्षबाट गिरफ्तारीका नौ ओटा र अन्यक्षबाट बलात्कारका १४ ओटा, बलात्कार प्रयासका पाँच ओटा, हत्याका चार ओटा, घरेलु हिंसाका ६ ओटा, कुटपिट तथा गालीगलौजका १९ ओटा र भौतिक संरचना क्षतिका दुई ओटा घटनामा सरोकावालाबीच समीक्षा गरिएको छ ।
कार्यक्रममा बोल्दै पौवादुङ गाउँपालिका उपाध्उक्ष तथा न्यायिक समिति संयोजक सम्झना राईले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू इन्सेकले सङ्कलन गरेर नेपालको मानव अधिकारको अवस्थाका देखाएको बताउनु भयो ।
उहाँले इन्सेक प्रतिनिधिले स्थानीय तहसम्म पुगेर पालिकागत हिसाबले तथ्याङक सङ्कलन गरे मानव अधिकारका घटना उजागर गर्न आवश्यक रहेको बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी कृष्णकुमार चन्दले प्रहरी सधैँ मानव अधिकारको रक्षाका लागि क्रियाशील भएको बताउनु भयो । उहाँले घरभित्र महिला तथा बालबालिका असुरक्षित हुने अवस्था अन्त्यका लागि सबैका साभाm प्रयास आवश्यक रहेको बताउनु भयो ।
मानव अधिकारकर्मी पवित्रा कटुवालले जिल्लामा बालिका तथा महिला बलात्कारका घटना दिनप्रतिदिन बढिरहेकाले यस्ता घटना न्यूनीकरणमा सरोकारवाला सबैको ध्यान जानु पर्ने बताउनु भयो । उहाँले स्थानीय तहले मानव अधिकारका विषयमा छुट्टै कार्यक्रम बनाएर अघि बढेमात्र समस्या समाधान हुँदै जाने भयो ।
गणेश विष्ट
सम्बन्धित इन्सेक गतिविधिहरू
कास्की जिल्ला स्तरीय बाल सञ्जाल गठन
कास्कीमा जिल्ला स्तरीय बाल सञ्जाल गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीको आयोजना तथा सामाजिक विकास कार्यालय कास्कीको सहयोगमा वैशाख २१ र २२ गते गरिएको बाल भेलाबाट…
इन्सेकद्वारा गरुडामा अभिमुखीकरण कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा गरुडा नगरस्तरीय मानव अधिकार समूहको सहकार्यमा मानव अधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रम श्रीपुर गरुडामा वैशाख १५ गते सम्पन्न भएको छ । कार्यक्रममा…
लैङ्गिक हिंसा तथा जातीय विभेदसम्बन्धी पाँच दिने तालिम सम्पन्न
लैङ्गिक हिंसा तथा जातीय विभेदसम्बन्धी पाँच दिने तालिम सुर्खेतको वीरेन्द्रनगरमा वैशाख १७ सम्पन्न भएको छ । इन्सेक कर्णाली प्रदेशको आयोजनामा वैशाख १३ गतेदेखि सुरु भएको तालिम वैशाख १७ गते सम्पन्न…
शिक्षा, स्वास्थ्य, खाद्य र अवासको अधिकारका सवालमा अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा चन्द्रपुर नगरस्तरीय मानव अधिकार समूहको आयोजनामा शिक्षा, स्वास्थ्य, खाध र आवासको अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम चन्द्रनिगहापुरमा वैशाख १६ गते सम्पन्न…
पहुँचयुक्त निर्वाचन प्रणाली बिषयक नीतिगत संवाद कार्यक्रम सम्पन्न
अपाङ्गता स्वाबलम्बन विकास सङ्घ र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पोखरामा वैशाख १६ गते अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकार सुनिश्चित गर्न र पहुँचयुक्त निर्वाचन प्रणालीको बिकासका निम्ति सम्बन्धित…