नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा सम्पन्न
इन्सेक रोल्पाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस २ गते सम्पन्न भएको छ ।
सन् २०२० जनवरीदेखि हालसम्म जिल्लामा सङ्लन गरिएका मानव अधिकार उल्लङ्घनका घटनाहरू इन्सेक रोल्पा जिल्ला प्रतिनिधिले प्रस्तुत गर्नु भएको थियो । उक्त अवधिमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू मध्ये बम विस्फोट एक, बाल अधिकार अन्तरगत बलात्कार, यौन दुर्व्यवहारका पाँच वटा, महिला अधिकार अन्तरगत बलात्कार तथा बलात्कार प्रयासका सात वटा र घरेलु हिंसाका १५ वटा गरी ३३ वटा रहेका थिए ।
कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी नवराज शर्माले जिल्ला भित्र हुने गरेका कुनैपनि अपराधिक गतिविधिका क्रियाकलाप न्यूनिकरण गर्न जिल्लामा शान्ति शुरक्षा कायम गर्नुका साथै रोल्पाको सन्दर्भमा बलत्कार तथा यौन दुर्व्यवहार र घरेलु हिंसाका घटना बढी हुने गरेकाले यस्ता किसिमका गतिविधिमा सम्पुर्ण सरोकारवाला निकायहरूको ध्यानाकर्षण हुनेपर्ने र सम्बन्धितपक्षलाई लाई सचेत गराउनु पर्ने बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेशराज सुवेदीले कुनैपनि घटनामा संवेदनशील भएर काम गर्नुपर्ने बताउनु भयो ।
मानिसको बाँच्न पाउने अधिकार माथि गम्भिर प्रश्न उठाईरहेका यस्ता समस्या बढ्न नदिन नागरिक सचेतना जरुरी रहेको इन्सेकका सधारण सदस्य घनश्याम आचार्यले बताउनु भयो ।
बलात्कार, यौन दुर्व्यवहार र घरेलु हिंसाका घटना वर्षेनी बढ्दै जानु चिन्ताको विषय भएको र यसको नियन्त्रणका लागि सरोकारवालाको चासो हुनुपर्ने र वर्ष पुस्तकमा घटना नछुटाउन स्थानीय तहका प्रत्येक न्यायिक समितिमासँग समन्वय र सहकार्य गर्नुपर्ने सहभागीहरूले सुझाव दिनु भएको थियो ।
हरिसरा घर्ती
सम्बन्धित इन्सेक गतिविधिहरू
कास्की जिल्ला स्तरीय बाल सञ्जाल गठन
कास्कीमा जिल्ला स्तरीय बाल सञ्जाल गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीको आयोजना तथा सामाजिक विकास कार्यालय कास्कीको सहयोगमा वैशाख २१ र २२ गते गरिएको बाल भेलाबाट…
इन्सेकद्वारा गरुडामा अभिमुखीकरण कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा गरुडा नगरस्तरीय मानव अधिकार समूहको सहकार्यमा मानव अधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रम श्रीपुर गरुडामा वैशाख १५ गते सम्पन्न भएको छ । कार्यक्रममा…
लैङ्गिक हिंसा तथा जातीय विभेदसम्बन्धी पाँच दिने तालिम सम्पन्न
लैङ्गिक हिंसा तथा जातीय विभेदसम्बन्धी पाँच दिने तालिम सुर्खेतको वीरेन्द्रनगरमा वैशाख १७ सम्पन्न भएको छ । इन्सेक कर्णाली प्रदेशको आयोजनामा वैशाख १३ गतेदेखि सुरु भएको तालिम वैशाख १७ गते सम्पन्न…
शिक्षा, स्वास्थ्य, खाद्य र अवासको अधिकारका सवालमा अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा चन्द्रपुर नगरस्तरीय मानव अधिकार समूहको आयोजनामा शिक्षा, स्वास्थ्य, खाध र आवासको अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम चन्द्रनिगहापुरमा वैशाख १६ गते सम्पन्न…
पहुँचयुक्त निर्वाचन प्रणाली बिषयक नीतिगत संवाद कार्यक्रम सम्पन्न
अपाङ्गता स्वाबलम्बन विकास सङ्घ र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पोखरामा वैशाख १६ गते अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकार सुनिश्चित गर्न र पहुँचयुक्त निर्वाचन प्रणालीको बिकासका निम्ति सम्बन्धित…