नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० मा प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० मा समेटिने घटनाका विषयमा वार्षिक समीक्षा सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सोलुखुम्बुको आयोजनामा पुस १५ गते सल्लेरीमा समीक्षा सम्पन्न भएको हो ।
समीक्षा कार्यक्रममा इन्सेक अभिलेखका आधारमा २१ वटा मानव अधिकारका घटनामा २९ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
समीक्षा कार्यक्रममा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले जिल्लामा बालसुधार गृह र मानसिक स्वास्थ्य परीक्षणको व्यवस्था नहुँदा समस्या भएको बताउनुभयो । उहाँले इन्सेकले हालसम्म गरेको कार्यको प्रशंसा गर्दै विभिन्न कार्यालयमा दर्ता भएका घटनामा मात्रै केन्द्रित नहुन सुझाव दिनुभयो । उहाँले संविधानमा व्यवस्था भएपनि त्यस विरूद्ध हुने जस्तोसुकै विषयवस्तुलाई पुस्तकमा समेट्न इन्सेकलाई सझुाव दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयमा डिएसपी नारायणप्रसाद चिमोरियाले राज्य विरूद्ध काम गर्ने जोकोहीलाई गिरफ्तार गरी कानूनी दायरामा ल्याउने काम प्रहरीको भएपनि मानव अधिकारका सवालमा प्रहरी सधैँ सचेत भएको बताउनुभयो । डिएसपी चिमोरियाले जिल्लामा भएका अधिकांश घटनाको अनुसन्धानमा प्रहरी सफल भएको बताउनुभयो ।
नेपाली काङ्ग्रेस सोलुखुम्बुका सभापति विनोद बस्नेतले विभिन्न सरकारी निकायमा भएका सेवा प्रवाह तथा योजना बाँडफाँटको क्षेत्रमा इन्सेकको शसक्त भूमिका हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारी कर्मचारी तथा सरकारी अड्डामा समेत मानव अधिकार हनन् हुने गरेको बताउँदै त्यस्ता विषयमा इन्सेकलाई खबरदारी गर्न सुझाव दिनुभयो ।
नगर प्रवक्ता शारदा माया तामाङले इन्सेकले वार्षिक रूपमा प्रकाशन गर्ने पुस्तकले नेपालको मावन अधिकारको अवस्था चित्रण गरेको बताउनुभयो । राष्ट्रिय मानव अधिकार सङ्गठन सोलुखुम्बुका उपसभापति हिमाल गिरीले स्थानीय सरकारमा व्यथिति बढेकाले सबैको ध्यान त्यसतर्फ जानुपर्नेमा जोड दिनुभयो । कतिपय घटनाहरू आर्थिक कारोबारमा मिल्ने तथा अधिकार क्षेत्र भन्दा बाहिरका घटना समेत लुकाउने गरेको भन्दै यस प्रति सबैको ध्यान नपुगे समस्या जटिल बन्दै जाने उहाँले बताउनुभयो ।
भोजराज कार्की
सम्बन्धित इन्सेक गतिविधिहरू
रिन्यु परियोजनाको वार्षिक समीक्षा कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका-७, सुनखानीमा रिन्यु परियोजनाको वार्षिक समीक्षा कार्यशाला ०८० असोज ६ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले…
मानव अधिकार समूहको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा ०८०असोज ५ गते धनुषाकाे बटेश्वर गाउँपालिका-३ को कार्यालयमा मानव अधिकार समूहको बैठक सम्पन्न भएको छ । बटेश्वर गाउँपालिकामा गठित मानव अधिकार…
बलपूर्बक बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परीपुरण आवस्यक
बल पूर्बक बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परीपुरण आवस्यक रहेको कार्यक्रममा सहभागीले जोड दिएका छन् । इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज द्वन्द्व पीडित समिती बर्दियाको आयोजनामा असोज ५ गते आयोजित कार्यक्रममा …
शान्ति दिवसको अवसर अन्तरक्रिया तथा दीपप्रज्ज्वलन कार्यक्रम सम्पन्न
अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा द्वन्द्व प्रभावितहरुसँग अन्तरक्रिया तथा दीपप्रज्ज्वलन कार्यक्रम सम्पन्न गरिएको छ । ‘शान्तिकालागिकार्यहरु ः विश्वव्यापी लक्ष्यहरुको लागि हाम्रो महत्वकांक्षा’ भन्ने मूल नाराका साथ भदौ ४ गते अनौपचारिक क्षेत्र सेवा…
दुर्गम बस्ती हियाखोलामा बालविवाह विरुद्ध कानुनी सचेतना
तातोपानी गाउँपालिका – ६ हियाखोला गाउँमा बालविवाह विरुद्ध सचेतना कार्यक्रम गरिएको छ । इन्सेक, मानवअधिकार रक्षक संजाल जुम्लाको आयोजना तथा ६ नम्बर वडापालिका र कालिका आधारभूत विद्यालय हियाखोलाको समन्वयमा बालविवाह…