नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तेहृथुमको आयोजनामा पुस १४ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० लागि वार्षिक रूपमा सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
समीक्षा कार्यक्रममाका प्रमुख अतिथि तथा म्याङलुङ नगरपालिकाका मेयर सञ्जयकुमार तुम्बाहाङफले इन्सेकले महिला हिंसा र बलात्कार सम्वन्धि मात्र तथ्याङ्क सङ्कलन नगरी अन्य अधिकारका अवस्थाका बारेमा समेत खोजी गर्नुपर्ने सुझाव दिनु भएको छ । इन्सेकले सार्वजनिक गर्ने वर्ष पुस्तकमा महिला हिंसा र बलात्कारका तथ्याङ्क बढी उल्लेख भएको पाईएकोले आगामी दिनमा शिक्षा, स्वास्थ्यका बारेमा समेत खोजी गरेर बास्तविक अवस्थाको उजागरण गर्नुपर्ने मेयर तुम्बाहाङफले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर तेजबहादुर दाहालले जिल्लामा सार्वजनिक गरिएको तथ्याङ्क र जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको मुद्दाबीच तालमेल हुनुपर्ने सुझाउनुभयो । उहाँले सामाजिक रूपमा केही मुद्दाहरू दर्ता भएको भएपनि बाहिर सञ्चार माध्यममा अतिरञ्जित गरिने प्रचलनले पछिल्लो समय सञ्चारगृह प्रति नागरिकहरूको विश्वास मा कमी हँुदै आएको बताउनभयो । उहाँले इन्सेकले सत्य र तथ्यसहितको सूचना प्रचार र प्रसार गर्न आवश्यक रहेको बताउनुभयो ।
म्याङलुङ नगरपालिकाकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक पार्वतीसानु डाँगीले जिल्लामा धेरै संख्यामा महिलाहरू बलात्कृत हुनुका कारण सचेतना र कानूनको अभाव भएको बताउनुभयो । समीक्षमा महिला मानव अधिकार रक्षक सञ्जाल तेहृथुमका अध्यक्ष टङ्कमाया तिगेलाले मानव अधिकार सम्बन्धी काम गर्ने संस्थाहरूबीच समन्वय हुन आवश्यक रहेको बताउनुभयो । उहाँले अधिकारवादी संस्थाहरू एक भएर विभिन्न कार्यक्रम सञ्चालन गर्नुको विकल्प समेत नरहेको तिगेलाले उल्लेख गर्नुभयो ।
समीक्षामा जिल्लामा सन् २०१९ जनवरी १ देखि ३० डिसेम्बर २०१९ सम्ममा हत्या १ ओटा , बलात्कारका ३ ओटा, बलात्कार प्रयासका ३ ओटा घरेलु हिंसाका ५ वटा घटना गरि १७ ओटा घटना सार्वजनिक गरिएको छ । गत वर्ष एक वर्षको अवधिमा १४ वटा मात्र घटनाको तथ्याङ्क सार्वनजिक गरिएको थियो ।
भगिश्वर लिम्बू
सम्बन्धित इन्सेक गतिविधिहरू
न्यायिक समितिको कार्यमा सुधार हुन आवश्यक : जिसस प्रमुख शाही
जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले न्यायिक समितिको कार्यमा सुधार हुन आवश्यक रहेको बताउनु भएको छ । सामाजिक र पारिवारिक विवाद समाजमै निरुपण गर्न स्थानीय सरकारको जिम्मेवारी भएकाले सबैलाई अपनत्व…
इन्सेक र लेखापरीक्षक टोलीद्वारा कार्यक्रमको अनुगमन सम्पन्न
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र लेखापरीक्षकको टोलीद्वारा घोडाघोडी नगरपालिकामा सञ्चालन भइरहेको स्थानीय समुदायलाई सचेत पार्दै सरोकारवाला निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गतका गतिविधिहरुको चैत ८ गते अनुगमन गरिएको छ ।…
मादीमा वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न
कास्कीको मादी गाउँपालिका वडा नं. ३ मा वातावरण संरक्षण तथा अधिकार सम्बन्धी कार्यशाला चैत ७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहद्धारा आयोजित कार्यशालामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण…
सचेत नागरिकले विभेद विरुद्ध बोल्नैपर्छ : प्रमुख शाही
जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले समाजका सचेत नागरिकहरुले विभेद र असमानता विरुद्ध बोल्न सुरु नगरे जातीय विभेद हट्न नसक्ने बताउनुभएको छ । अन्तरराष्ट्रिय जातिभेद तथा रङ्गभेद विरुद्धको दिवसको…
बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मिथिला नगरपालिका–६ ढल्केवरस्थित श्री महेन्द्र माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले बालविवाह र दइजो प्रथाविरुद्ध चैत ३ गते ढल्केवरको पूर्वारी चोकमा सडक नाटक…