नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा
नेपाल मानव अधिकार वर्ष पुस्तक (२०१८) का लागि सङ्कलन गरिएका घटनाको वार्षिक पूर्व समीक्षा कार्यक्रम तम्घासमा मङ्सिर २७ गते सम्पन्न भएको छ ।
इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालका अनुसार जिल्ला न्यायाधिवक्ता लक्ष्मण घिमिरे, जिल्ला प्रसाशन कार्यालयका प्रसाशकीय अधिकृत भक्तिराम मरासिनीलगायतले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू इन्सेकले सार्वजनिक गरेर समाजमा सकारात्मक दबाव सृजना गर्ने काम गरेको बताए ।
तर, मानव अधिकार वर्ष पुस्तकमा समेटिने घटनालाई अझ सत्य तथ्य बनाउन पीडितसम्म पुग्ने गरी पहुँच स्थापित गर्नुपर्नेमा जोड दिए ।
जिल्ला अदालत गुल्मीका श्रेष्तेदार दुर्गाप्रसाद बस्यालले इन्सेकले घटना सङ्कलनको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिए ।
साथै उनले सम्बन्ध बिच्छेद र आत्मा हत्या जस्ता गम्भीर सामाजिक विषयहरू भएकाले इन्सेकले कुनै न कुनै कार्यक्रममार्फत त्यस्ता विषयलाई समेट्न आग्रह गरे ।
नागरिक समाजका अध्यक्ष पदमप्रसाद पाण्डेयले सुक्ष्म रूपमा समाजमा धेरै खाले मानव अधिकारसँग सम्बन्धित घटना रहेपनि समेटन निकै चुनौति रहेको बताए ।
कार्यक्रममा एक वर्षको अवधिमा सङ्कलन गरिएका बलात्कार पाँच, हत्या एक, कुटपिटसँग सम्बन्धित घरेलु हिंसाका ६१, जातीय विभेदका दुई ओटा घटनाहरू सङ्कलन गरिएको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा जिल्लाका राजनीतिक दलका प्रमुख, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख, पुर्व इन्सेक प्रतिनिधिहरू, नागरिक समाजका पदाधिकारी तथा अधिकारकर्मीहरू गरी ३५ जनाको सहभागिता रहेको थियो ।
टोपलाल अर्याल
सम्बन्धित इन्सेक गतिविधिहरू
बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग
डिसीएको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा ०८१ चैत ४ गते बलात्कार घटनाकी पीडित २२ वर्षीया महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।…
वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न
इन्सेकले चामुण्डाबिन्द्रासैनी नगरपालिकामा ०८१ चैत ३ गते स्थानीय तहमा वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा जवाफदेही वक्ता र सहभागीहरूले फोहोर व्यवस्थापन मुख्य चुनौती भएको बताएका छन् । सङ्घीय…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको आयोजना र डिसिएका अर्थिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ फागुन २९ गते जनकपुरधाममा सम्पन्न भएको छ । बैठकमा इन्सेक…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भएका कारण सामुहिक बलात्कारमा पर्नुभएकी १३ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि फागुन २९ गते पीडित परिवारलाई १० हजार रुपियाँ सहयोग गरेको छ । इन्सेक रुपन्देही…
बलात्कार घटनाको पीडित बालिकालाई इन्सेकको सहयोग
१४ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ चैत १ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ…