नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पुर्व अर्धवर्षिक समीक्षा सम्पन्न

  ०७६ असार १६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नेपाल मानव अधिकार वर्ष २०२० का लागि सङ्कलित घटनाहरूको प्रकाशन पुर्व अर्धवार्षिक समीक्षा असार १५ गते बझाङमा सम्पन्न गरेको छ ।

सन् २०१९ जनवरीदेखि जुनसम्म बझाङ जिल्लामा सङ्कलन गरेका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू इन्सेक बझाङ जिल्ला प्रतिनिधि रमेश केसीले प्रस्तुत गरेका थिए ।

इन्सेक प्रतिनिधि केसीले ६ महिनाको अवधिमा २३ ओटा घटना अभिलेख गरेको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

जसमध्ये हत्या प्रयाससम्बन्धी तीन, बलात्कारका दुई र घरेलु हिंसाका १८ ओटा घटना रहेका छन् । जिल्ला समन्वय समिति संयोजक खडक खड्काले इन्सेकले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सङ्कलन तथा प्रसारण गर्ने कार्यले राज्यलाई सचेत र पीडितलाई न्यायको लागि सहयोग पुग्ने बताउँदै बझाङ जिल्लामा घटना न्यूनीकरण गर्न स्थानीय सरकारसँग समन्वय गरी अगाडि बढ्न सुझाव दिएका थिए ।

सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले जिल्लामा घरेलु हिंसा र छुवाछुतका घटनाहरूका कमी नआएको बताउँदै यसको अन्त्यका लागि सबै सरोकारवाला पक्षहरू इमान्दार भएर लाग्नु पर्ने बताए ।

महिला अधिकार मञ्चकी अध्यक्ष जयन्ति जोशीले महिलाहरूमाथि हुने हिंसामा कमी नअएको बताउँदै यसको अन्त्यका लागि आफूहरू इन्सेकसँग सहकार्य गरेर अगाडि बढन चाहेको धारणा राखिन् ।

photo20190701bajhang (1)

photo20190701bajhang (2)

photo20190701bajhang (3)

रमेश केसी