नेपाल मानव अधिकार वर्षपुस्तकको पूर्व समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्षपुस्तक २०१७ को वार्षिक समीक्षा सम्पन्न भएको छ ।
जिल्लामा महिला हिंसाका घटनाहरू अन्य घटनाको तुलनामा बढी हुने भएकाले महिलाहरूलाई अधिकारको ज्ञान दिने उद्देश्यले दुर्गमका महिला, जिल्ला स्थित सरोकारवाला निकाय र राजनीतिक दलहरूको संयुक्त उपस्थितिमा इन्सेकले उक्त वर्षपुस्तकको समीक्षा गरेको हो ।
०७३ असार देखि हालसम्म जिल्लामा २९ वटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना भएको तथ्याङ्क इन्सेक बैतडीले सार्वजनिक गरेको छ ।
सन् २०१६ जनवरी देखि हालसम्म जिल्लामा १ सय ८ जना महिलाहरूले जिल्ला प्रहरी कार्यालयमा ठाडो उजुरी दर्ता गराएका छन् ।
कार्यक्रममा जिल्ला न्यायाधीश ध्रुवकुमार शाह, पुर्व सांसद् पुरनसिह दयाल र इन्सपेक्टर सुरेन्द्र बम, जिल्ला स्थित पत्रकार, नागरिक समाज, राजनीतिक दल गायत एक सय भन्दा बढी महिलाहरूको सहभागिता रहेको थियो ।
नरी बडु
सम्बन्धित इन्सेक गतिविधिहरू
बालविवाह विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित जनज्योति बाल अधिकार समूह बराहताल गाउँपालिका–५, बड्डीचौरको आयोजना, बराहताल मानव अधिकार समूह, जनज्योती माध्यामिक विद्यालय बराहताल गाउँपालिका–५ बड्डीचौरको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक…
बाल अधिकार सचेतना समूह परिचालन कोष हस्तान्तरण
जानकी गाउँपालिका–४ मा रहेको जानकी माध्यमिक विद्यालयमा इन्सेकले ०८१ माघ २५ गते बाल अधिकार सचेतना समूह परिचालन कोष हस्तान्तरण गरेको छ । उक्त बाल अधिकार समूहले बाल अधिकार सम्बन्धी हाजिरी…
गुल्मीमा विद्यालय बाहिरका २ सय ४४ किशोरीले एचपिभी खोप लगाउँदै !
तम्घासका आठ सडक बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइएको छ । रेसुङ्गा नगरपालिकाको स्वास्थ्य संयोजक मञ्जु घर्ति मगरका अनुसार जन्मदर्ता नभएका र विद्यालयभन्दा बाहिर रहेको बालिकाहरूलाई खोप लगाइएको…
मानव अधिकार रक्षकको सुरक्षाका लागि कानुन निर्माण गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षणका लागि कानुन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले तयार पारेको…
बाल अधिकार चेतना समूहद्वारा बाल विवाहविरुद्ध सडकनाटक प्रदर्शन
इन्सेकको सहयोगमा घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयस्तरीय बाल अधिकार चेतना समूहले बाल विवाहविरुद्ध जनचेतना फैलाउने उद्देश्यले ०८१ माघ २१ गते सडकनाटक प्रदर्शन गरेको छ । दशरथ माध्यामिक विद्यालयका पधानाध्यापक…