अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्षपुस्तकको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति जुम्लाको सभाहलमा सन् २०२४ जनवरीदेखि जुनसम्म मानव अधिकार तथा ज्यादती सम्बन्धी सङ्कलित घटनामाथि त्रृटि सच्चाउने र छुटेका घटना समाबेश गर्ने उद्देश्यले अर्धबार्षिक समीक्षा कार्यक्रम गरिएको हो । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि सङ्कलित घटनाका विषयमा सरोकारवाला निकायबीच अर्धवार्षिक समीक्षा कार्यक्रम भएको हो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का जिल्ला प्रतिनिधि मानदत्त रावलका अनुसार ६ महिनामा १४ ओटा सङ्कलन गरिएको घटना समीक्षा कार्यक्रममा सरोकारवाला निकायबीच प्रस्तुत गर्नुभयो । कर्तव्य ज्यानका दुई ओटा, महिलामाथि हुने भेदभाव, दुर्ववहारका तीन ओटा, यौन दुर्ववहार, बहुविवाहका ६ ओटा, कर्मचारी/शिक्षकमाथि दुर्ववहारका ३ ओटा र आगलागी/तोडफोड एक ओटा गरी जुम्ला १४ ओटा घटना रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले प्रहरीमा ठाडो निवेदनका रुपमा आएका र मिलापत्रमा टुंगिएका घटना वर्षपुस्तकमा नराख्दा पनि हुने बताउनु भयो । तर प्रजिअको यो सुझावमाथि टिप्पणी गर्दै राष्ट्यि मानव अधिकार आयोग जुम्ला शाखा प्रमुख धनराज शाहीले घटेका घटना तथ्याङ्क रुपमा भएपनि अभिलेख गर्नुपर्ने बताउनु भयो ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्षपुस्तक महत्वपूर्ण अभिलेखमा रहेको बताउनु भयो । उहाँले भन्नुभयो‘ द्वन्द्वकालका घटनाको राहत तथा क्षतिपूर्ति यस्तै पुस्तकमा अभिलेख भएकै आधारमा जिल्ला प्रशासन कार्यालयले उपलव्ध गराउने गरेको थियो । ’
अर्धवार्षिक समीक्षा कार्यक्रममा प्रहरी प्रशासन, राजनीतिक दल, मानव अधिकारसँग सरोकार राख्ने संघसंस्था, पत्रकारलगायतको सहभागिता रहेको थियो ।
मानदत्त रावल
सम्बन्धित इन्सेक गतिविधिहरू
गण्डकीमा बाल अधिकार समूहको प्रदेशस्तरीय सञ्जाल बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा गण्डकी प्रदेशमा बाल अधिकार समूहको प्रदेशस्तरीय सञ्जाल बैठक फागुन ४ गते सम्पन्न भएको छ । बैठकमा बाल अधिकार समूहहरूको कार्यप्रगति समीक्षा गर्दै आगामी योजनाका…
गण्डकीमा मानव अधिकार समूह परिचालन बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा प्रदेशस्तरीय मानव अधिकार समूह परिचालन बैठक फागुन ४ गते सम्पन्न भएको छ । बैठकमा समूहको कार्यप्रगति समीक्षा गर्दै आगामी योजनाका विषयमा छलफल गरिएको थियो…
मानव अधिकार समूहद्वारा वडालाई ध्यानाकर्षण पत्र
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशद्वारा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहले कपिलवस्तु नगरपालिकाका-१ का वडा अध्यक्ष जाहिंद खानलाई फाल्गुन १ गते ध्यानाकर्षण पत्र बुझाएको छ । मानव अधिकार…
बाल अधिकार सचेतना समूहद्वारा कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित श्री हिरा फेक्नी माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले ०८१ माघ २४ गते कार्ययोजना बैठक सम्पन्न गरेको छ ।…
जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा इन्सेक चयन
जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ताप्लेजुङलाई सदस्यमा चयन गरिएको छ । सञ्जालको सदस्यमा इन्सेक ताप्लेजुङ, प्रतिनिधि एलिना दियाली चयन हुनु भएको हो । जिल्ला प्रहरी…