नेपाल मानव अधिकार वर्षपुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक पूर्व समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्षपुस्तक २०२२ प्रकाशन पूर्व जिल्लामा संकलन गरिएका घटनाहरुमाथि असार २३ गते अर्धवार्षािक पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला संकलन गरिएका मानव अधिकार उल्लघङ्गन तथा ज्यादतीका घटनामाथि समीक्षा गरिएको हो ।
समीक्षा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगानाले इन्सेकले सार्वजनिक गर्ने तथ्यांकहरु सकेसम्म कमी हुन आवश्यक रहेको बताउनु भयो । उहाँले जिल्लामा अपराधका घटना बढ्नुले जिल्लामा सुरक्षा चुनौती थपिएको र नागरिकको बाँच्न पाउने अधिकार कुण्ठित भएको बताउनु भयो ।
म्याङलुङ नगरपालिकाका उपप्रमुख पार्वतीसानु डाँगी पौडेलले स्थानीयतहमा उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति गठन गरिएको भए पनि अधिकांश मुद्दाहरु जिल्ला प्रहरी कार्यालयमा जाने भएकाले न्यायिक समितिमा उजुरी कम आउने गरेको बताउनु भयो ।
नेपाल रेडक्रस सोसाइटी तेह्थुमका सभापति श्रीकृष्ण दाहालले इन्सेकले जिल्लामा भएका मानव अधिकार उल्लघङ्गन तथा ज्यादतीका घटनामाथि समयसमयमा समीक्षा आवश्यक रहेको बताउनु भयो ।
सो अवसरमा इन्सेक प्रतिनिधिको पहलमा म्याङलुङ नगरपालिका—९ साब्लाकी २३ वर्षीया मृगौला रोगी राजकुमारी लिम्बूलाई २ लाख ७० हजार रुपियाँ हस्तान्तरण गरिएको छ ।
इन्सेक प्रतिनिधिले आर्थिक अवस्था कमजोर हुनु भएकी राजकुमारीको स्वास्थ्य अधिकार रक्षा गर्न विभिन्न संघसंस्थासँग समन्वय गरी संकलन गरेको रकम उपचारका लागि प्रदान गरिएको हो ।
समीक्षामा जिल्लामा ०७७ पुस १७ गतेदेखि ०७८ असार १७ गते सम्म अभिलेखीकरण गरिएका घटनामा हत्या चार ओटा, बलात्कारका घटना दुई ओटा र बहुबिबाहका घटना गरी सात ओटा घटना सार्वजनिक गरिएको छ ।
भगिश्वर लिम्बू
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूह र स्थानिय सरोकारवालाहरूको क्षमता अभिबृद्धि तालिम सुरू
इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलबस्तु नगरपालिकाको तौलिहवामा दुई दिने मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिम माघ १३ गते सुरू भएको छ । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका उपमेयर…
सूर्तिजन्य पदार्थ नियमनको मागराख्दै मानव अधिकार रक्षक सञ्जालको नगरप्रमुखलाई ध्यानाकर्षण
सुर्तिजन्य पदार्थ नियमन र नियन्त्रणको माग राख्दै मानव अधिकार रक्षक सञ्जालले वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । वीरेन्द्रनगरमा माघ १० गते नमुना कर्णाली मानव अधिकार रक्षक सञ्जाल…
बाल अधिकार समूहका सदस्यहरूकालागि तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा बाल अधिकार समूहका सदस्यहरूकालागि दुई दिने बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम कपिलवस्तुमा माघ ११ गते देखि सुरूभएको छ…
मानवअधिकारकर्मीहरूसंगको अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका केन्द्रिय कार्यालय व्यवस्थापन प्रमुख शुभेच्छा खड्का, डिसिएका कार्यक्रम व्यवस्थापक बालकृष्ण कट्टेलले मानव अधिकारसम्बन्धि प्रगति प्रतिवेदन तथा मानवअधिकार सहायता कक्षबारे जानकारी लिनुभएको छ । इन्सेक मधेस…
गण्डकीमा प्रदेश स्तरीय मानव अधिकार सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीद्धारा माघ ८ गते पोखरामा प्रदेश स्तरीय मानव अधिकार सञ्जाल गठन गरिएको छ । कास्कीको मादी गाउँपालिका र माछापुछ्रे गाउँपालिका तथा नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका…