नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समीक्षा असार ८ गते कास्कीमा सम्पन्न भएको छ ।

Photo20180622Kaski (2)

कार्यक्रममा कास्की जिल्ला प्रतिनिधि संगीता भाटद्वारा नेपाल मानव अधिकार वर्षपुस्तकका लागि सन् २०१८ को जनवरीदेखि जुनसम्म सङ्कलित गरिएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रतिवेदनमाथि छलफल गरिएको थियो ।

प्रस्तुत गरिएका राज्य पक्षबाट ४५ जना र गैर राज्यपक्षबाट १ सय २४ जना गरी १ सय ६९ जना पीडित भएको घटना इन्सेक कास्कीले अभिलेख गरिएको थियो ।

Photo20180622Kaski (3)

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगकी निर्देर्शक नितु गर्तौलाले यस प्रतिवेदनमा देखिएका  मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना सूचनाको राम्रो दस्तावेज रहेको बताउँदै यी घटनामध्ये गैर राज्य पक्षबाट घटने घटनामा उल्लेख्य बृद्धि भएकाले सम्पुर्णले आफैलाई प्रश्न गर्नुपर्ने बेला आएको बताइन् ।

Photo20180622Kaski (1)

केन्द्रिय बाल कल्याण स्रोत व्यक्ति बद्रीप्रसाद वाग्लेले यी घटनाहरूले कास्कीमा भएको मानव अधिकारको अवस्थाको बारेमा प्रष्ट बनाउने बताउदै मानव अधिकार वर्षपुस्तक सबैको साझा दस्तावेज भएको बताए ।

महिला तथा बालबालिका कार्यालयकी भावना ढकालले मानव अधिकारको क्षेत्रमा संग्लन रहेको घटनालाई बाहिर ल्याउन र पीडितलाई न्याय दिन सबै एकजुट हुनुपर्ने बताइन् ।

नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिवालय सदस्य विजया सुवेदीले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना न्यूनीकरण गर्नको लागि सबै लागी पर्नुपर्ने बताउदै राजनितिक आडमा घटनालाई कसैले पनी मलजल गर्न नहुने बताइन् ।

नेपाली कङ्ग्रेसका जिल्ला सदस्य नविन सिग्देलले राज्य कमजोर भएका बेला मानव अधिकार पनि कमजोर हुने बताउँदै इन्सेकले दुर दराजसम्म पुगेर राज्यलाई खबरदारी गरिरहेको बताए ।

गैर सरकारी संस्था महासङ्घ कास्कीका अध्यक्ष पदम पहारीले अहिलेको अवस्थामा इन्सेकले घटना अभिलेख गरेर र्सार्वजानिक मात्र नगरी घटना न्यूकीरणका लागिसमेत पहल गर्न आवश्यक रहेको बताए ।

नेपाल वार एसोसिएशन कास्कीका अध्यक्ष सोम श्रेष्ठले मानव अधिकारका क्षेत्रमा क्रियाशीलता बढी भएर हो या घटना नै बढेको हो भन्ने विषयमा गहन अध्ययन गर्न आवश्यक रहेको बताए ।

शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीका अध्यक्ष विष्णु बरालले सरकारमा बसेका जिम्मेवार व्यक्ति जबाफदेही नभएसम्म मानव अधिकार स्थापित नहुने भन्दै मानव अधिकार स्थापित गर्न नागरिक समाज सक्रिय बन्न आवश्यक रहेको बताए ।

इन्सेक पोखरा कार्यालयका संयोजक शिव खकुरेलले कार्यक्रममा आएका महत्वपुर्ण सुझावलाई मनन् गर्दै सबैको साथ र सहयोगले वर्षपुस्तक विश्वासनीय बन्ने हुँदा प्रकाशन पूर्व समीक्षा गरिएको बताए ।

संगीता भाट