नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) म्याग्दीको आयोजनामा मानव अधिकार वर्षपुस्तक-२०१९ का लागि सङ्कलित घटनाहरूको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार ८ गते बेनीमा सम्पन्न गरिएको छ ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोखरेलले आम नागरिकलाई कानुनी सेवा कसरी लिने भन्ने जानकारी कम भएकाले त्यसतर्फ इन्सेक लगायतका सङ्घसंस्थाहरूले पहल गर्नुपर्ने बताए ।
नागरिकहरूमा आफूले लिन मिल्ने सुविधा के हुन र कानुनमा कस्ता छन् ? भन्ने विषयमा ज्ञान नभएको कारणले गर्दा राज्यको निकायबाट सुविधा लिनबाट वञ्चित हुनु परेको पोखरेलको भनाई छ ।
पोखरेलले अन्यायमा परेका नागरिकहरूले कुनै पनि हालतमा न्याय पाउनु पर्ने र त्यसका लागि आम नागरिक, इन्सेक, मानव अधिकार तथा शान्ति समाजलगायतका मानव अधिकारसंम्बन्धी संस्थाहरूले पहल थाल्नु पर्ने बताएका थिए ।
जिल्ला प्रहरी कार्यालय, म्याग्दीका सई चेतनाथ चापाईले प्रहरीमा पछिल्लो समय बहुविवाहका घटना आउने गरेको तर मिलापत्र गरिदिनु भन्ने तवरले प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रमा सम्पर्क हुने गरेको बताए ।
प्रकाशन पूर्व समीक्षा कार्यक्रममा इन्सेक म्याग्दी जिल्ला प्रतिनिधि अमृत बास्कुनेले म्याग्दी जिल्लामा सन २०१८ को पहिलो ६ महिनामा अभिलेख गरिएका १७ वटा घटनाहरू सरोकारवाला माझ राखेका थिए । जसमध्ये घरेलु हिंसासम्बधी १६, बलात्कारसम्बन्धी तीन, बहुविवाहसम्बन्धी तीन र नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी एउटा रहेका छन् ।
अमृत बास्कुने
सम्बन्धित इन्सेक गतिविधिहरू
शम्भुनाथमा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित शम्भुनाथ नगरपालिकाको मानव अधिकार समूहद्वारा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक ०८१ असोज २३ गते सम्पन्न भएको छ । आगामी महिनाको योजना…
कपिलवस्तु नगरपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, कपिलवस्तु आयोजना तथा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहको समन्वयमा स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान…
मायादेवी गाउँपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्विनी प्रदेश कार्यालय, कपिलवस्तुको आयोजना तथा मायादेवी गाउँपालिकामा गठित मानव अधिकार समूहले स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान कार्यक्रम…
वातावरणको अधिकारका लागी संगठित भएर लाग्नु पर्नेमा जोड
वातावरणको अधिकारका लागी वातावरणको क्षेत्रमा क्रियाशिल संघ संस्थाहरू संगठित भएर लाग्नुपर्नेमा वातावरणीय मानव अधिकार रक्षकहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको समन्वयमा ०८१ असोज २०…
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिकामा गठित पालिकास्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ असोज २० गते सम्पन्न गरिएको छ । बैठकले मङ्सिर महिनासम्ममा मानव अधिकार समूह गाउँपालिकामा…