नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ का लागि बाँके जिल्लामा सङ्कलन गरिएका घटनाका सम्बन्धमा इन्सेक नेपालगञ्जले सरोकारवाला निकाय समक्ष प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ८ गते नेपालगञ्जमा सम्पन्न गरेको छ ।

SAMSUNG CAMERA PICTURES

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेन्द्रप्रसाद आर्यालले घटनामा पछिल्लो अवस्थाको अनुगमन गरी विस्तृत रूपले उल्लेख गर्नुपर्ने बताउँदै छुटेका घटना प्रहरीसँग समन्वय गरी उल्लेख गर्नुपर्ने बताए । राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत टङ्क खनालले कानुन कार्यान्वयन गर्ने निकायबाट भएका मानव अधिकार हनन्का घटनाको अभिलेख राख्नुपर्ने बताए ।

नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष ठाकुर सिहं थारूले बलात्कार घटनाका स्वास्थ्य परीक्षणको अधिकांश प्रतिवेदनमा एकै प्रकारको व्यहोरा आउने भएका कारण त्यस विषयमा अध्ययन गरी समावेश गर्नुपर्ने सुझाव दिए ।

SAMSUNG CAMERA PICTURES

गैर सरकारी संस्था महासङ्घकी कार्यवहाक अध्यक्ष सपना भट्टराईले लैङ्गिक हिंसाका घटनाहरू समेतलाई अभिलेखीकरण गर्नुपर्ने बताइन् । मानव अधिकार एलाइन्सका केन्द्रीय उपाध्यक्ष सुरेश गौतमले अर्ध न्यायिक निकायमा आएका घटनालाई समेट्न सुझाव दिए ।

इन्सेक नेपालगञ्ज कार्यालयका संयोजक भोला महतले कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्दै नयाँ संरचना अनुसार व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाका बारेमा आगामी वर्षपुस्तकमा प्रदेश तहबाट उल्लेख गरिने जानकारी गराउँदै इन्सेकले पछिल्लो समय अदालतले आदेश गरेका सकारात्मक फैसलालाई समेत अभिलेखीकरण गर्दै आएको बताए ।

इन्सेक नेपालगञ्जका प्रलेख अधिकृत नारायण सुवेदीले जिल्लामा भएका घटना नछुटुन् र अभिलेखीकरण गरिएका घटना सत्यतथ्य होस भन्ने हेतुले सरोकारवालासमक्ष बसेर समीक्षा गर्ने गरेको बताए ।

इन्सेक जिल्ला प्रतिनिधि विनोद पाण्डेले बाँके जिल्लामा ६ महिनाको अवधिमा अभिलेखीकरण गरेका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना प्रस्तुत गरेका थिए ।

प्रस्तुत गरिएका १५ घटनामा गैरराज्य पक्षबाट धम्की एक, बाल अधिकारसँग सम्बन्धित ६, महिला अधिकारसँग सम्बन्धित ६ र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसँग सम्बन्धित दुई वटा घटना रहेका छन् ।

विनोद पाण्डे