नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ का लागि अभिलेखित घटनाको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ७ गते महेन्द्रनगरमा सम्पन्न गरिएको छ ।

Photo20180622Kanchanpur (1)

अर्धवार्षिक समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि कोमलनिरन्जन भाटले मानव अधिकार वर्षपुस्तकका लागि सन् २०१८ को ६ महिनामा सङ्कलन गरेका ५० वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना प्रस्तुत गरेका थिए ।

हालसम्म कञ्चनपुर जिल्लामा ३५ वटा घरेलु हिंसा, चार वटा हत्या, चार वटा बलात्कार, दुई वटा जातीय विभेद, दुई वटा मानव बेचबिखन, एउटा गैरकानुनी थुना र दुई वटा सम्पति क्षतिसहित ५० वटा घटना अभिलेख गरिएको इन्सेक प्रतिनिधि भाटले बताए ।

Photo20180622Kanchanpur (2)

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी ज्ञानबहादुर सेठीले मानव अधिकार उल्लङ्घनका घटनाहरू न्यूनीकरण गर्नका लागि प्रहरी सदैव साथमा रहेको र इन्सेकले मानव अधिकार संरक्षणमा मार्गदर्शकको रूपमा काम गरेको बताए ।

Photo20180622Kanchanpur (3)

जिल्ला न्याधिवक्ता खेमराज भट्टले मानव अधिकारको क्षेत्रमा इन्सेकले महत्वपूर्ण भूमिका खेलेको बताउँदै मानव अधिकार उल्लङ्घनका घटनाहरूमा संलग्नहरूलाई खबरदारी गर्नुका साथै मानव अधिकार शिक्षासम्बन्धी सचेतनामुलक कार्यक्रम गर्न आग्रह गरेका छन् ।

कोमलनिरन्जन भाट