नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ को अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार ७ गते राजविराजमा सम्पन्न गरिएको छ ।
वर्षपुस्तक प्रकाशन पूर्व वर्षको दुई पटक समीक्षा गर्ने क्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सप्तरीले सन् २०१८ को जनवरीदेखि जुनसम्मको घटनालाई समेटेर प्रतिवेदन सार्वजनिक गरेको हो ।
प्राप्त सुझावलाई समेट्ने उद्धेश्यले इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले ६ महिनामा अभिलेखित मानव अधिकार उल्लङ्घन र ज्यादतीका ५७ वटा घटनाबारे विस्तृत प्रतिवेदन प्रस्तुत गरे ।
मानव अधिकार उल्लङ्घनको घटनामा यस अवधिमा सप्तरीमा २४ वटा बलात्कार र ६ बलात्कार प्रयासका घटना भएको इन्सेकले जनाएको छ ।
'नेपाल मानव अधिकार वर्षपुस्तक पूर्व समीक्षा गोष्ठी र जिल्लाको मानव अधिकारको अवस्था' विषयक गोष्ठीमा प्रस्तुत समीक्षात्मक प्रतिवेदनमा बालिका बलात्कारका २१ र महिला बलात्कारका तीन गरी २४ वटा घटना भएको उल्लेख छ । एक बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा उनका दाजुलाई पुर्पक्षका लागि कारगारमा थुनामा राखिएको छ ।
यसैगरी, महिला बलात्कारका तीन र महिलामाथि यौन दुर्व्यवहारका तीन घटनामा ६ महिला पीडित छन् ।
यसबीचमा मानव अधिकार हनन् तथा ज्यादतीका अन्य घटना पनि उल्लेख्य रूपमा बृद्धि भएको पाइएको छ । एक महिलाको लाश फेला परेपनि आरोपित फेला परेका छैनन् । आफ्नै परिवारका सदस्यद्वारा दुई जनाको हत्या भएको छ ।
बालविवाह र बहुविवाहका आरोपित एक भारतीय नागरिक पनि थुनामा रहेको इन्सेकले जनाएको छ । बहुविवाहका दुई घटनामध्ये एकमा दुई जना धरौटीमा रिहा भए भने अर्को घटनाका फरार आरोपित दुई जनाविरूद्ध अदालतले म्यादी पुर्जी जारी गरेको छ ।
विद्यालय तोडफोड गरेको आरोपमा एक जना र शिक्षक कुटपिट गरेको आरोपमा एक जना गरी गिरफ्तारीमा परेका दुवै जना धरौटीमा रिहा भएका छन् । त्यस्तै घरेलु हिंसाका १६ मध्ये ६ घटनामा सहमति भएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले हिंसाका घटना न्यूनीकरणका लागि नागरिक समाज र राजनीतिक दल बढी जिम्मेवार हुनुपर्ने बताए । उनले साधन, स्रोत, प्रविधि, परीक्षणका अभावमा थोरै कमजोरी हुने गरेको स्वीकार्दै शान्ति, सुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्न स्रोत, साधन र जनशक्तिले भ्याएसम्म काम गर्ने बताए ।
मनोहरकुमार पोखरेल
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहद्वारा वडालाई ध्यानाकर्षण पत्र
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशद्वारा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहले कपिलवस्तु नगरपालिकाका-१ का वडा अध्यक्ष जाहिंद खानलाई फाल्गुन १ गते ध्यानाकर्षण पत्र बुझाएको छ । मानव अधिकार…
बाल अधिकार सचेतना समूहद्वारा कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित श्री हिरा फेक्नी माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले ०८१ माघ २४ गते कार्ययोजना बैठक सम्पन्न गरेको छ ।…
जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा इन्सेक चयन
जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ताप्लेजुङलाई सदस्यमा चयन गरिएको छ । सञ्जालको सदस्यमा इन्सेक ताप्लेजुङ, प्रतिनिधि एलिना दियाली चयन हुनु भएको हो । जिल्ला प्रहरी…
अदालतले दिएका आदेश कार्यान्वयन गर्नु सबैको कर्तब्य होः मुख्य न्यायाधीश भट्टराई
उच्च अदालत सुर्खेतका कामयम मुकायम मुख्य न्यायाधीश कृष्णलाल भट्टराईले सार्वजनिक सरोकारका विषयमा अदालतले दिएका आदेश कार्यान्वयन गर्नु सबैको कर्तब्य रहने बताउनुभएको छ । ०८१ माघ ३० गते अनौपचारिक क्षेत्र सेवा…
मानव अधिकार तथा वातावरण अधिकार समूहको प्रदेशस्तरी बैठक सम्पन्न
अनौपचारिक क्षत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोनामा मानव अधिकार तथा वातावरण अधिकार समूहकोे प्रदेशस्तरी बैठक ०८१ माघ ३० गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेस…