नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), अर्घाखाँचीको आयोजनामा नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ६ गते सन्धिखर्कमा सम्पन्न भएको छ ।

Photo20180620Arghakhachi

कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी शङ्कर भुसालले मानव अधिकारको संरक्षण तथा सम्बर्द्धनका लागि जिल्ला प्रशासन कार्यालय सधैँ प्रतिबद्ध भएको बताउँदै जिल्लाका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनालाई उजागर गरेकोमा इन्सेकलाई धन्यवाद दिए ।

जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीका इन्स्पेक्टर खिमबहादुर घर्तीले पूर्व समिक्षा कार्यक्रममा प्रस्तुत गरिएका घटनाले प्रहरी प्रशासनलाई समेत सचेत बनाउने गरेको बताए । घर्तीले मानव अधिकारको क्षेत्रमा इन्सेकको निरन्तरताले आफूहरूलाई पनि आफ्नो पेशामा निष्पक्षले ढङ्गले काम गर्न अभिप्रेरित गरेको धारण राखे ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष हिमबहादुर जिसी लेकालीले पत्रकार र मानव अधिकारकर्मीको कार्यशैली एउटै भएकाले सँगै मिलेर काम गर्नुपर्नेमा जोड दिए । लेकालीले इन्सेकले मानव अधिकार संरक्षणमा गरेको वकालत अभिलेख प्रसंशनीय रहेको बताउँदै आगामी दिनमा पनि सहकार्य र समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नारायण भुसालले ६ महिनाको मानव अधिकार अवस्थाको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा ६ महिनामा १३ बलात्कार तथा बलात्कारको प्रयास, ४१ घरेलु हिंसा र २ ओटा हत्याका घटना उल्लेख गरिएको छ ।

नारायण भुसाल