नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ का लागि सन् २०१८ को यो अवधिसम्म सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।

Photo20180618Dadeldhura

जिल्ला सदरमुकाम डडेल्धुरामा असार ४ गते गरिएको कार्यक्रममा सन् २०१८ को जनवरीदेखि जुनसम्म सङ्कलन गरिएका घटनाहरू प्रस्तुत गरिएको थियो ।

६ महिनाको अवधिमा घरेलु हिंसाका १८ र बलात्कारको एउटा घटना सङ्कलन गरिएको जिल्ला प्रतिनिधि भुपेन्द्र विष्टले जानकारी दिए ।

नेपाल बार इकाई डडेल्धुराका अध्यक्ष विष्णु भट्टले इन्सेकले हरेक वर्षप्रकाशन गर्दै आइरहेको मानव अधिकार वर्षपुस्तकमा सत्यतथ्य घटनाहरू मात्रै प्रकाशन हुने गरेकाले यसको विश्वसनीयता बढ्दै आएको बताए ।

Photo20180618Dadeldhura1

नेपाल पत्रकार महासङ्घ डडेल्धुराका अध्यक्ष मानबहादुर साउदले मानव अधिकार वर्षपुस्तकमा घटनाहरू प्रकाशन पूर्व समीक्षा गर्नु राम्रो भएको बताए । कार्यक्रम गर्न राष्ट्रिय मुक्त हलिया समाज महासङ्घले सहयोग गरेको थियो ।

भुपेन्द्र विष्ट