नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ प्रकाशन पूर्व समीक्षा सम्पन्न
जिल्लामा मानव अधिकार हनन्का घटनाहरूलाई न्यूनीकरण गर्न तथा भएका घटनाहरूलाई कानुनी दायरामा ल्याउन जिल्लामा मानव अधिकारको क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधिहरूको सञ्जाल बनाउनु पर्ने सरोकारवालाहरूले बताएका छन् ।
पुस १३ गते विदुरमा इन्सेकको आयोजनामा नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समीक्षा कार्यक्रममा सहभागी वक्ताहरूले जिल्लाका गाउँगाउमा भएका मानव अधिकार हनन्का घटनाहरूलाई समेट्नको लागि फराकिलो सञ्जाल आवश्यक रहेको बताएका हुन् ।
नेपाल वार एसोसियशन नुवाकोटका अध्यक्ष देवराज कँडेलले मानव अधिकारको क्षेत्रमा सरोकार राख्ने संस्थाहरूको एक फराकिलो सञ्जाल निर्माण गरी मानव अधिकार हनन्का घटनाहरूको खोजी गर्ने, हनन्का घटना हुन नदिनको लागि अभियान चलाउन सकिने बताए ।
कार्यक्रममा नेपाली काङ्ग्रेसकी बिन्दा अर्यालले मानव अधिकार हनन्का घटनामा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन र पीडितलाई न्याय दिलाउनको लागि पैरवी गर्न पनि मानव अधिकारकर्मीहरू सक्रिय हुने बताइन् ।
कार्यक्रममा नुवाकोट जिल्ला अदालतका श्रेस्तेदार महिमानसिंह विष्टले अदालतले मानव अधिकारको संरक्षणको लागि खेल्नु पर्ने भूमिकामा सचेत रहेको बताए । उनले मुद्दाको प्रकृति अनुसार महिला, बालबालिकाका मुद्धाहरूलाई प्रक्रियामा प्राथमिकता दिएको बताए ।
कार्यक्रममा एकीकृत राप्रपा राष्ट्रवादीका रामकृष्ण भट्टले प्रहरी र अदातलमा आएका घटनाहरूलाई मात्र खोजी नगरी कानुनको क्षेत्रमा नआएका घटनाहरूको पनि खोजी गर्नु पर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले मानव अधिकारको संरक्षणको लागि सक्रिय संस्थाहरूले हनन्का घटनाहरूलाई बाहिर ल्याउन सक्रिय हुनु पर्ने बताए ।
उनले मानव अधिकारका हनन्का घटनाहरूलाई वर्षपुस्तकमा सबै नअटाए पनि जिल्लास्तरमा भने पनि सार्वजनिक गर्ने परिपार्टी विकास गर्न सके हनन्का घटनाहरूमा कमी आउने बताए ।
कार्यक्रममा नुवाकोट जिल्ला कारागारका प्रमुख टङ्क चिमोरियाले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेपनि उनीहरूले पाउनु पर्ने आधारभूत सुविधा दिइरहेको बताए ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठले जिल्लामा मानव अधिकार हनन् तथा ज्यादतीका २६ ओटा घटनाहरूको बारेमा जानकारी दिएका थिए ।
नवदीप श्रेष्ठ
सम्बन्धित इन्सेक गतिविधिहरू
विश्वव्यापी आवधिक समीक्षा चौँथो चक्रमा प्रस्तुत प्रतिवेदनका लागि परामर्श सम्पन्न
इन्सेकलगायतका संघसस्थाहरुको सयुक्त आयोजनामा विश्वव्यापी आवधिक समीक्षा चौँथो चक्रमा प्रस्तुत गरीने प्रतिवेदनका लागि सुझावहरु संकलन गर्न ०८१ कात्तिक २६ गते धनगढीमा प्रदेशस्तरीय परामर्श गोष्ठी सम्पन्नभएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश…
दुई विद्यालयमा बाल अधिकार परिचालन कोष हस्तान्तरण
पञ्चपुरी गाउँपालिका–२, पलैँटेस्थित सूर्यप्रकाश माध्यामिक विद्यालय र पञ्चपुरी नगरपालिका–५ स्थित विद्याज्योति माध्यामिक विद्यालयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित बाल अधिकार समूहलाई बाल अधिकार परिचालन कोष हस्तान्तरण गरिएको छ…
मानव अधिकारका सवालमा अन्तर संवाद कार्यक्रम सम्पन्न
मानव अधिकारका सवालमा लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालसँग इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजना, डिसिएको सहयोग र दैनिक नेपालगञ्जको समन्वयमा अन्तर संवाद कार्यक्रम ०८१ कात्तिक २४ गते…
प्रदेश स्तरीय मानव अधिकार सञ्जालको बैठक सम्पन्न
इन्सेक लुम्बिनी प्रदेश कार्यलय, नेपालगञ्जको आयोजनामा लुम्बिनी प्रदेश स्तरीय मानव अधिकार सञ्जालको बैठक ०८१ कात्तिक २१ गते नेपालगञ्जमा सम्पन्न भएको छ । इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले प्रदेश स्तरीय…
मानव अधिकार सहायता कक्षको बैठकबाट पीडितलाई सहयोग गर्ने निर्णय
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालको आयोजनामा मानव अधिकार सहायता कक्ष सचिवालयको बैठक ०८१ कात्तिक २१ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । हिंसा पीडितहरूका लागि स्थापना गरिएको मानव…