नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस १३ गते चौतारामा सम्पन्न गरिएको छ ।

जिल्ला समन्वय समितिका उपप्रमुख बालकुमारी सापकोटाको प्रमुख आथिथ्यता र जिल्ला प्रहरी कार्यालयका डिएसपी बिमलराज कणेलको बिशेष आतिथ्यतामा सम्पन्न भयो ।

Photo20171228Sindhupalchok

कार्यक्रममा सन् २०१७ भरी सिन्धुपाल्चोक जिल्लामा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका २४ ओटा घटनाहरू इन्सेक जिल्ला प्रतिनिधि नातिबावु धितालले प्रस्तुत गरे ।

प्रस्तुत घटनामा बाल अधिकार घटना अन्तर्गत कुटपिट र यातना एक, बलात्कारका सात र बलात्कार प्रयास तीन गरी ११ ओटा रहेका छन् । त्यसैगरी महिला अधिकार अन्तर्गत यौन हिंसाको एक, कथित बोक्सीको आरोपको एक, घरेलु हिंसाका पाँच, बलात्कारका दुई र बलात्कार प्रयासका तीन गरी १२ ओटा रहेका छन् ।

यस वर्षमा भएका घटनामा आधारित रहेर जिल्ला समन्वय समितिकी उपप्रमुख बालकुमारी सापकोटाले आफू सधैँ मानव अधिकारको पक्षमा काम गर्ने प्रतिबद्धता ब्यक्त गर्दै इन्सेकको प्रशंसा गरिन् ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालयका डिएसपी बिमलराज कँडेलले प्रहरी सङ्गठनका केही ब्यक्तिको गतिविधिका कारणले सिङ्गो सङ्गठनलाई बदनाम गर्न नहुने विचार राख्दै प्रहरी सधैँ मानव अधिकार रक्षाको खटिने बताए ।

नेपाल पत्रकार माहासङ्घका जिल्ला सचिव दिनेश थापाले इन्सेकको प्रतिवेदनमा निर्वाचनमा भएका गतिविधि समावेश गराउनु पर्ने सुझाव दिए ।

नातिबावु धिताल