नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा
नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा बैठक दोलखा र सिन्धुली जिल्लामा सम्पन्न भएको छ ।
सिन्धुली जिल्ला प्रतिनिधि विमला पाण्डेका अनुसार नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि जिल्लामा सङ्कलित मानव अधिकार हनन्का घटनाहरूको पूर्व समीक्षा कार्यक्रम पुस १० गते सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा भएको पूर्व समीक्षा कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जिल्लामा मानव अधिकार उल्लङ्घनका घटनामा बृद्धि हुनु दुःखद भएको बताए । उनले पीडितहरूले न्यायका लागि जाँदा बयान फेरिदिने र न्याय पाउनबाट आफैँ रोकिने अवस्था झनै दयनीय रहेको बताए । न्याय दिलाउन लाग्दा समेत पीडितले बयान फेर्ने समस्याले न्याय दिलाउन न्याय सम्पादनका निकायलाई गाह्रो भएको उनको भनाई छ ।
जिल्ला प्रहरी कार्यालयका एसपी टिकाबहादुर केसीले जिल्लामा बलात्कार, हत्या तथा अन्य प्रकारका घटनाको उजुरी गर्ने प्रक्रिया बढेको भएपनि मुद्दाको किनारा ढिलो लाग्ने र अदालतमा गएर पीडितले बयान फेर्ने गरेकाले पीडकले उनमुक्ति पाइरहेको बताए । उनका अनुसार घटना बढ्नुको कारण पीडकले सजाय पाउनबाट मुक्ति पाउनु हो ।
कार्यक्रममा सन् २०१७ मा जिल्लामा सङ्कलति ८१ ओटा घटनामध्ये बालिका बलात्कारका पाँच, बलात्कार पछि बालिकको हत्या एक, महिला बलात्कार तथा बलात्कार प्रयासका सात, बहुविवाहका ६, हत्याका दुई, मानव बेचबिखनको एक, घरेलु हिंसाका ५८, यातना तथा कुटपिटको एउटालगायतका घटना प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
दोलखा जिल्ला प्रतिनिधि उद्धव पोखरेलका अनुसार इन्सेकद्वारा पुस ११ गते जिल्ला सदरमुकाम चरिकोटमा आयोजित नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ को प्रकाशन पूर्व समीक्षा बैठकमा सन् २०१७ मा बलात्कार तथा बलात्कार प्रयासका घटना बढेको भन्दै सरोकारवालाहरूले चिन्ता प्रकट गरेका छन् ।
समीक्षा बैठकमा जिल्ला प्रतिनिधि पोखरेलले गोली लागी मृत्यु एक, गोली लागी घाइते एक, बालविवाहका तीन, बलात्कारका १०, बलात्कार प्रयासका ६, बहुविवाह दुई, तेल खन्याई घाइते एक, मानव बेचबिखनका दुई गरी २६ ओटा घटना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बार एसोसिएशन दोलखा इकाईका पूर्व अध्यक्ष एवम् नागरिक अगुवा कृष्ण बस्नेतले इन्सेकले वार्षिक रूपमा मानव अधिकारका घटनाको तथ्याङ्क अभिलेखन र सार्वजनिक गरेर घटनाको वास्तविकता खोजी गरी न्यूनीकरणका लागि कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिए ।
हुराडेक नेपालका कार्यकारी निर्देशक सुन्दर विश्वकर्माले आर्थिक र सामाजिक अधिकारका क्षेत्रमा घटेका घटना पनि इन्सेकले अभिलेख गर्नु पर्ने सुझाव दिए ।
पत्रकार महासङ्घ दोलखा शाखाका कोषाध्यक्ष शेरबहादुर भुजेलले वर्षपुस्तक पठनीय रहेको, सरोकारवाला पक्षलाई मानव अधिकारको संरक्षण तथा सम्बर्द्धनमा ध्यान तानेको र महिला पीडितका घटना उल्लेख्य भएकोले न्यूनीकरणका उपाएका बारेमा सरोकारवाला पक्षको ध्यान जानु पर्नेमा जोड दिए ।
इन्सेक क्षेत्रीय कार्यालय, काठमाडौँ
सम्बन्धित इन्सेक गतिविधिहरू
बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयले बलात्कार घटनाकी पीडित १८ वर्षीया युवतीलाई ०८१ मङ्सिर २८ गते १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ । पीडित युवतीलाई ०८१…
सङ्क्रमणकालीन न्याय नागरिक निगरानी समितिको बैठक सम्पन्न
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा पदाधिकारी सिफारिस गर्न गठित समितिको गठन गर्ने प्रक्रिया प्रति ध्यानाकर्षण भएको छ । सङ्क्रमणकालीन न्याय नागरिक निगरानी समिति बैठक…
७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा इन्सेक प्रतिनिधि सम्मानित
७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा इन्सेक सिरहा जिल्ला प्रतिनिधि सम्मानित भएका छन । "हाम्रो अधिकार, हाम्रो भविष्य, अहिले नै" भन्ने मुल नाराका साथ ०८१ मङ्सिर २६ गते अन्तर्राष्ट्रिय मानव अधिकार…
७६ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस विभिन्न कार्यक्रम गरी समपन्न
"हाम्रो अधिकार, हाम्रो भविष्य अहिले नै" भन्ने मुल नाराका साथ ०८१ मङ्सिर २६ गते ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा र्याली तथा अन्तरक्रिया कार्यक्रम गरी समपन्न भएको छ ।…
७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइयाे
७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मङ्सिर २५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा शम्भुनाथ र डाक्नेश्वरी नगरपालिकामा गठित मानव अधिकार समूहले मानव सहायता सम्पर्क समूह सञ्चालन गरी मनाएको छ भने मङ्सिर…