नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिरहाले नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस १२ गते सम्पन्न गरेको छ ।
लहान नगरपालिका कार्यालयकी उपप्रमुख सरियारकुमारी चौधरीले जिल्लामा महिला हिंसाका घटनाहरूको सङ्ख्यामा बृद्धि भएकोप्रति चिन्ता व्यक्त गर्दै चाँडै न्यायिक समन्वय समिति गठन गरी सङ्घसंस्था, पत्रकार तथा अधिकारकर्मीहरूको सहयोग र सहकार्यमा ऐन नियमहरू तयार गरी काम गर्ने बताइन् ।
कार्यक्रममा इलाका प्रशासन कार्यालयका प्रमुख सोमप्रसाद भट्टराईले प्रहरी, प्रशासनले मानव अधिकार संरक्षणमा नागरिक समाजसँग सहकार्य गरी अगाडि बढ्नु पर्ने बताए ।
त्यसैगरी राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुरका अधिकृत दिप यादव, इलाका प्रहरी कार्यालय लहानका निमित प्रमुख जुगेश्वर राउतले मानव अधिकार संरक्षणमा सबैसँग सहकार्य गरी अगाडि बढ्ने बताए ।
कार्यक्रममा सन् २०१७ मा १ सय २२ ओटा घटनाहरू सङ्कलन गरेको तथ्याङ्क इन्सेक प्रतिनिधि दुर्गा परियारले प्रस्तुत गरेका थिए । अभिलेख अनुसार २१ जना बालिका र तीन जना महिला गरी २४ जना बलात्कार घटनामा पीडित भएका छन् । ११ ओटा हत्या, १० वटा बहुविवाहका लगायतका घटना अभिलेखित गरिएको परियारले बताए ।
अनलाइन डेस्क
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार र बाल अधिकारका विषयमा सामाजिक मन्त्रीलाई ध्यानाकर्षण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूह र बाल अधिकार समूहले ०८१ मङ्सिर १८ गते कर्णाली प्रदेश सरकारका सामाजिक विकास…
प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक ०८१ मङ्सिर १७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक…
बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकद्वारा सहयोग प्रदान
बलात्कार घटनाका पीडित बालिकाको न्यायका लागि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १८ गते पीडितकी आमालाई आर्थिक सहयोग प्रदान गरेको छ । चुरे गाउँपालिकाकी १३ वर्षीया पीडित बालिकालाई न्यायिक…
घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान
घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १७ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । गौरीगंगा नगरपालिका–७ कैलाशपुरकी ३३ वर्षीया राधिका…
लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत सडक नाटक प्रदर्शन
घोडाघोडी नगरपालिकाका महिला तथा बालबालिका शाखा र इन्सेक लगायतका बिभिन्न संस्थाहरुको सयुक्त आयोजनामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत बाल अधिकार चेतना समूहले घोडाघोडी नगरपालिकामा मङ्सिर १७ गते जनचेतनामूलक…