नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ३१ गते सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक ) स्याङ्जाको आयोजनामा गरिएको कार्यक्रममा इन्सेक स्याङ्जा प्रतिनिधि तिल कुमारी थापाले इन्सेकले जिल्लामा सन २०२१ को जनवरी देखि जुनसम्म अभिलेख गरेको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरुको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिकी प्रमुख सीता सुन्दासले वर्ष पुस्तक अत्यन्तै प्रभावकारी बन्दै गएको र समाजमा हुने मानव अधिकार हननका घटनाहरुको अवस्था बारे जान्न महत्वपूर्ण माध्यम रहेको बताउनुभयो ।
पुतलीबजार नगरपालिकाकी मेयर सिमाकुमारी क्षेत्रीले इन्सेकले वर्षौदेखि प्रकाशन गर्दै आएको वर्ष पुस्तक मानव अधिकारका क्षेत्रमा काम गर्ने राज्यका निकायलाई मार्गदर्शनको रुपमा काम गरेको बताउनुभयो ।
पुस्तकमा भएका सूचना न्यायिक क्षेत्रमा महत्वपूर्ण आधार बन्दै गएको उहाँले बताउनुभयो ।
जिल्ला प्रशासन प्रमुख दिपकराज नेपालले वर्ष पुस्तक अत्यन्तै सान्दर्भिक रहेको र इन्सेकले यसको माध्यमबाट नागरिकलाई मानव अधिकारप्रति जिम्मेवार बनाउनुका साथै सरकारलाई जवाफदेहि बनाएको बताउनुभयो ।
कार्यक्रममा नेपाल नागरिक समाज स्याङ्जाका अध्यक्ष ओम प्रकाश शर्माले इन्सेकले मानव अधिकारको क्षेत्रमा गरेको कार्य निकै सराहनीय रहेको र वर्ष पुस्तकले समाजको वास्तविक चित्रण गर्ने भएकोले कुन क्षेत्रलाई सुधार्न ध्यान पुर्याउन आवश्यक रहेको बारे जानकारी पाइने बताउनुभयाे ।
इन्सेकद्वारा पुतलीबजार नगरपालिकामा गठन गरिएको मानव अधिकार समूहका संयोजक तारकबहादुर थापाले वर्ष पुस्तकका लागि अभिलेख गरिएका घटनाहरूकाे समिक्षा गर्नु राम्रो कार्य रहेको बताउदै यसले पुस्तकलाई थप विश्वासिलाे बनाउने बताउनुभयो ।
इन्सेकको अभिलेख अनुसार ६ महिनामा मानव अधिकार हनन तथा ज्यादतीका १८ ओटा घटना जिल्लामा भएका छन् ।
जसमध्ये महिला अधिकारको आठ ओटा, बाल अधिकारको आठ ओटा, हत्याको एक ओटा र सम्पत्ति क्षतिको एक ओटा घटना रहेका छन् ।
तिलकुमारी थापा
सम्बन्धित इन्सेक गतिविधिहरू
नवनिर्वाचित जनप्रतिनिधिलाई मानव अधिकार अभिमुखीकरण
शिवपुरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको लागि सञ्चालन गरिएको दुई दिने ‘जनप्रतिनिधिहरूका लागि मानव अधिकार, महिला तथा तथा लैङ्गिक हिंसासम्बन्धी तालिम’ साउन १७ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका–७ सुनखानी गाउँपालिका–८…
सडक मानवरहित बनाउने जिल्ला समितिमा इन्सेक प्रतिनिधि
जिल्लाका सडक मानवरहित बनाउने अभियानलाई सफल पार्न प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संरक्षत्वमा एक समिति गठन गरिएको छ । समितिमा इन्सेक सुनसरीलाई प्रतिनिधिका रूपमा राखिएको छ । जिल्लालाई सडक मानवरहित…
किशोरीहरूका लागि आत्मरक्षा सीप जीवन उपयोगी: उपाध्यक्ष
भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्का थापाले किशोरीका लागि आत्मरक्षा सीप जीवन उपयोगी भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा साउन ४ गते दैलेखको…
नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयद्वारा सुर्खेतमा आयोजित नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम असार ३१ गते सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा सुर्खेतका प्रमुख…
मानव अधिकार समूहद्वारा मृतक परिवारलाई खाद्यान्न सहयोग
इन्सेकद्वारा गठित मानव अधिकार समूह बाणगंगाले मृतक परिवारलाई असार २९ गते खाद्यान्न सहयोग गरेको छ । बाणगंगा नगरपालिका– ११ दक्षिण चेतियाकी ६१ वर्षीया मृतक घौघी थारूको परिवारलाई समूहका अध्यक्ष इन्दिरा…