नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ३० गते सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पर्वतको आयोजनामा सम्पन्न गरिएको कार्यक्रममा इन्सेक पर्वत प्रतिनिधि सन्तोष थापाले सन् २०२१ को जनवरीदेखि जुनसम्म पर्वतमा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवंम जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि. पौडेलले मानवअधिकारको रक्षार्थ सबै वर्ग, क्षेत्र र समुदायका व्यक्तिहरू एकजुट हुनुपर्ने बताउनुभएको छ ।
उहाँले पछिल्लो समय मानवअधिकार उल्लङ्घनका घटनाहरू समुदाय भित्रै मिलापत्र हुने र सम्बन्धित स्थानसम्म नआइपुग्ने गरेको कारण तथ्याङ्कमा कम देखिएको हुनसक्ने बताउँदै सबै क्षेत्रबाट मानवअधिकारको रक्षाका लागि सचेत हुने हो भने मानवअधिकार उल्लङ्घनका घटना घट्दै जानेमा विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा इन्सेकद्वारा सार्वजनिक गरिएका घटना प्रति खुशी व्यक्त गर्दै आगामी दिनमा अझै सुक्ष्म तवरबाट घटनाहरू सङ्कलन हुनुपर्ने सुझाव उहाँले दिनुभएको थियो ।
कार्यक्रममा नेपाल बार एशोसिएशन पर्वतका अध्यक्ष एवंम् जिल्ला मानवअधिकार अवस्था अनुमगन समितिका संयोजक चन्द्रबहादुर क्षेत्रीले इन्सेकले वर्षौदेखि गरेको मानवअधिकार हननका घटना अनुगमन तथा तथ्याङ्क प्रलेखिकरणले जिल्लागत अवस्था बुझ्न सान्दर्भिक रहेको बताउनुभयो ।
कोभिड–१९ को समयमा जिल्लामा मानवअधिकार हननका घटना घटेको देखिएपनि पीडित वर्ग सदरमुकामसम्म आइपुग्न नसकेकै कारण तथ्याङ्कमा कमी देखिएको हुनसक्ने उहाँले बताउनुभयो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय पर्वतका महिला बालबालिका सेवा केन्द्रका इञ्चार्ज इन्स्पेक्टर विराज ढकालले ०७७ पुस देखि ०७८ असारसम्मको तथ्याङ्क हेर्दा बेपत्ता हुनेहरूको सङ्ख्या बढी रहेको बताउनुभयो ।
यो अवधिमा झण्डै ५१ जना व्यक्तिहरू बेपत्ता भएको निवेदन आएको र केही भेटिएपनि नभेटिएकाहरूको खोजी कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।
इन्सेकले जिल्लामा यस ६ महिनाको अवधिमा १० ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख गरेकोमा बाल अधिकारका दुई, महिला अधिकारका तीन, बलात्कारको एक र घरेलु हिंसाका चार ओटा घटनाहरू रहेको जानकारी दिदै उहाँले इन्सेकको पहलमा मानवअधिकार रक्षार्थ पर्वत जिल्ला भित्र भएका क्रियाकलापहरूको बारेमा पनि जानकारी गराउनुभएको थियो ।
सन्तोष थापा
सम्बन्धित इन्सेक गतिविधिहरू
बाल अधिकार चेतना समूहले बुझायो गाउँपालिकामा ध्यानाकर्षण पत्र
मायाँदेवी गाउँपालिका १ स्थित छत्रपाली तिर्था देवी गाउँपालिकामा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूहले विद्यालयका समस्या पहिचान गरी गाउँपालिकामा जेठ १४ गते ध्यानाकर्षण पत्र बुझाएको छ । बाल अधिकार समूहले…
मानव अधिकारसम्बन्धि अभिमुखीकरण तालिम सम्पन्न
मानव अधिकार तथा कानुनी सयन्त्रसम्बन्धि अभिमुखीकरण तालिम ०८० जेठ १२ गते विदुरमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा सञ्चालन भएको दुई दिने तालिममा शिवपुरी गाउँपालिका-७…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
घरेलु हिंसाबाट पीडित सान्नित्रिवेणी गाउँपालिका–४ की २४ वर्षीया कोपिला शाहीलाई कानुनी प्रकृयामा जान इन्सेकले जेठ १० गते प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी मार्फत सहयोग गरेको छ । २४ वर्षीय पति…
छाउपडी प्रथा विरुद्ध सडक नाटक प्रदर्शन
बराहताल गाउँपालिका–७ लामाखालीमा छाउपडी प्रथा विरुद्ध सडक नाटक प्रदर्शन गरिएको छ । इन्सेकद्वारा गठित श्री प्रगतिशील सुर्यज्योती बाल अधिकार समूहको आयोजनामा तथा बराहताल मानव अधिकार समूह र श्री सुर्यज्योती माध्यमिक…
सरकार र गैससको प्रयासबाट नै मानव अधिकारको अवस्थामा सुधार ल्याउन सकिन्छः मुख्यमन्त्री
राष्ट्रिय मानव अधिकार आयोगको २३ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जमकट्टेलले सरकारबीच समन्वय र सहकार्य तथा गैससको संयुक्त प्रयासबाट नै मानव अधिकारको अवस्थामा सुधार ल्याउन सकिने…