नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

  ०७९ पुस १४ गते

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) स्याङ्जाले आयोजना गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुष १४ गते सम्पन्न भएको छ ।

स्याङ्जामा एक वर्षको अवधिमा भएका हत्या, बलात्कार, बलात्कार प्रयास, बाल यौनशोषण तथा दुर्व्यवहार, घरेलु हिंसा लगाएतका ५७ वटा मानवअधिकार हनन एवं ज्यादतीका घटनाहरूअभिलेख गरिएको छ ।

इन्सेकले सन् २०२२ जनवरी देखी डिसेम्वर २७ सम्मको अवधिमा यौन दुर्व्यवहारको घटना १० पुगेको छ । यो अघिल्लो बर्षको भन्दा करिब १० प्रतिशत कमि हो । यो बर्ष घरेलु हिंसा पीडित भन्दै ३१ जना महिलाले प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी दर्ता गराएका छन् । खानलाउन नदिईएको भनि आएको उजुरी संख्या चार बटा, विवाह दर्ता, जन्मदर्ता, नागरिकता नबनाईदिएको एक ओटा, सामान्य घरयासी झै–झगडाका  १४ ओटा, कुटपिट को ८ वटा, गालीगलौजको ४वटा, हेलाहोचोको एक ओटा उजुरी परेको छ ।

उल्लेखित उजुरी उपर २५ वटा उजुरीको मिला पत्र भएको छ भने ६ वटा उजुरी अदालतमा पेश भएको छ । त्यस्तै गरि यस वर्षभित्र तीन जना पुरुषको हत्या भएको छ । भने कुटपिट तथा दुर्व्यवहार का घटनाहरूको संख्या १३ रहेको मध्ये ८ जना महिला ५ जना पुरुष रहेको तथ्याकं छ ।

कार्यक्रममा माननिय जिल्ला न्यायधिश रोमाकान्त ज्ञवालिले कानुनमा उल्लेख भएका तर व्यवहारमा लागूहुन नसकेकोे मुद्दाहरू लाई समेत इन्सेकले आगामि दिनहरुमा आफ्नो विषय बनाउनु पर्नेमा जोड दिनु भयो । उहाले १५ बर्ष देखी माथिका विद्यार्थीहरू लाई विद्यालयमा लागुऔषध, बालविवाह जस्ता विषयमा सचेतना कार्यक्रम संचालन गर्न सकेमा केही हदसम्म घटना कम घट्न सक्ने बताउनुभयो ।

322321985_1142056213347168_429477548763050264_n

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले जिल्लामा आत्महत्याका घटनाहरु तुलनात्मक रूपमा वढेको हुँदा त्यस बारेमा पनि इन्सेकले ध्यान पु¥याउनु पर्नेमा सुझाव दिनुभएको छ । साथै बैदेशिक रोजगारबाट समाजमा भएको बालबालिकाहरूको समस्या बारे पनि उत्तैकै ध्यान दिइनु पर्ने उहाँको सुझाव थियो ।

कार्यक्रममा नागरिक समाजका अध्यक्ष ओम प्रकास शर्माले आफ्नो धारण राख्नुभएको थियो । उहाँका अनुसार समाजमा मानवअधिकारका घटनाहरू कम गर्न सरोकार वाला संस्थाहरूले घटनाका तथ्याकंहरू मात्र संकलन नगरि घटना घट्न नदिन मुभिका निर्वाह गर्नु पर्दछ र बालबालिकाको शैक्षिक पहूँचमा समेत जोड दिनुपर्ने कुरा बताउनुभयो ।

कार्यक्रममा प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक रविन्द्र खनाल, नेपाली कंग्रेसका प्रतिनिधि सुरज कुमार अधिकारी, माओवादी केन्द्रका संघ ताम्राकार, सामुदायिक रेडियोका उपाध्यक्ष यादव राज पराजुली, पुतलीबजार नगरपालिका न्यायिक समितिका प्रतिनिधि पोम नारायण पराजुली, बाल संगठनका सचिव ईश्वर पराजुली , ज्येष्ठनागरिक सतसंग केन्द्रका  नविन दोरङ्गा, पत्रकार महासंघ स्याङ्जाका उपाध्यक्ष भवानी अधिकारी, पत्रकार रोशन लामिछाने लगाएतका व्यक्तिहरूले आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता गैर सरकारी संस्था महासंघ स्याङ्जाका अध्यक्ष गोविन्द शर्माले गर्नु भएको थियो ।  कार्यक्रममा मानवअधिकार संग सरोकारवाला निकाए र व्यक्तिको उपस्थिति रहेको थियो ।

322832412_929608851544981_1629331352533613674_n

राधा कृष्ण शर्मा