नेपालगञ्जमा निर्वाचन पर्यवेक्षकका लागि अभिमुखीकरण
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन, २०७४ मा पर्यवेक्षण गर्ने पर्यवेक्षकलाई इन्सेकले कात्तिक २८ गते नेपालगञ्जमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा इन्सेक क्षेत्रीय कायाएलय नेपालगञ्जका संयोजक भोला महतले पर्यवेक्षकहरूले पालना गर्नुपर्ने आचारसंहितालगायतका विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।
पर्यवेक्षकले आचारसंहिता पालना नगरे पर्यवेक्षकको परिचय-पत्र खारेज हुने र पछिका निर्वाचनमा समेत पर्यवेक्षण गर्न अयोग्य रहने गरी निर्वाचन आयोगले कारबाही गर्ने व्यवस्था भएको उनले जानकारी दिए ।
इन्सेकका सधारण सदस्य कृष्णमुरारीप्रसाद भट्टले अभिमुखीकरण कार्यक्रमबाट पर्यवेक्षक आचारसंहिता र पर्यवेक्षकको भूमिकाका विषयमा स्पष्ट जानकारी भएको बताए ।
इन्सेक केन्द्रीय कार्यालयका प्रतिनिधि रमेशप्रसाद तिमल्सिनाले सहजीकरण गर्दै पर्यवेक्षक, उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरसंहिता, सवारी साधन प्रयोग, आम सञ्चार माध्यम, गैरसरकारी संस्था, पर्यवेक्षकलगायतले पालना गर्नुपर्ने आचरणका विषयमा जानकारी गराउँदै विगतमा गरिएका पर्यवेक्षणका क्रममा देखिएका समस्या तथा चुनौतीका विषयमा जानकारी गराए । अभिमुखीकरण कार्यक्रममा बाँके, बर्दिया र दाङका २२ जना पर्यवेक्षकहरूको सहभागिता रहेको थियो ।
विनोद पाण्डे
सम्बन्धित इन्सेक गतिविधिहरू
बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग
डिसीएको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा ०८१ चैत ४ गते बलात्कार घटनाकी पीडित २२ वर्षीया महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।…
वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न
इन्सेकले चामुण्डाबिन्द्रासैनी नगरपालिकामा ०८१ चैत ३ गते स्थानीय तहमा वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा जवाफदेही वक्ता र सहभागीहरूले फोहोर व्यवस्थापन मुख्य चुनौती भएको बताएका छन् । सङ्घीय…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको आयोजना र डिसिएका अर्थिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ फागुन २९ गते जनकपुरधाममा सम्पन्न भएको छ । बैठकमा इन्सेक…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भएका कारण सामुहिक बलात्कारमा पर्नुभएकी १३ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि फागुन २९ गते पीडित परिवारलाई १० हजार रुपियाँ सहयोग गरेको छ । इन्सेक रुपन्देही…
बलात्कार घटनाको पीडित बालिकालाई इन्सेकको सहयोग
१४ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ चैत १ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ…