नेतृत्व विकास तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा तीन दिने नेतृत्व विकास तालिम धनगढीमा पुस २८ गते सम्पन्न भएको छ । तालिममा चार जिल्लाका मानव अधिकार निगरानी समूहका ३५ जना प्रतिनिधिहरूको सहभागितामा रहेको थियो ।

Photo20170112Kailali

स्थानीय निकायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल गर्ने परियोजना अन्तर्गत कार्यक्रम सञ्चालित कैलाली, कञ्चनपुर, डोटी र डडेल्धुरा जिल्लाका विभिन्न गाविसमा मानव अधिकार निगरानी समूहका प्रतिनिधि तालिममा सहभागी थिए ।

तालिममा सहभागीहरूलाई शिक्षा नीति र शिक्षा क्षेत्रको बारेमा कैलालीका जिल्ला शिक्षा अधिकारी मानसिंह विष्टले जानकारी गराएका थिए । स्वास्थ्यको अधिकार सम्बन्धमा जिल्ला जनस्वास्थ्य कैलालीका स्वास्थ्य निरीक्षक कैलाश चौधरी, जिल्ला विकास समितिका योजना अधिकृत योगेन्द्र चन्द, जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत लोकराज उपाध्यायलगायतले तालिममा सहजीकरण गरेका थिए ।

स्थानीय नागरिकले आफू सचेत भई जिम्मेवार निकायलाई जबाफदेही बनाउन तथा विकास, शुसासन, पारदर्शिता र जबाफदेहिताको लागि स्थानीय निकायमा दबाव दिने निगरानी समूहको मुख्य काम र कर्तव्य रहेको इन्सेक सुदूर पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक खडकराज जोशीले बताए ।

रविना चौधरी