नीति तथा कार्यक्रममा मानव अधिकारसम्बन्धी कार्यक्रमलाई समावेश गर्न अनुरोध
मानव अधिकार समूह फेदीखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ मा गाउँपालिकाको नीति तथा कार्यक्रममा मानव अधिकारसम्बन्धी कार्यक्रमलाई समावेश गर्न अनुरोध गरेको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठन गरिएको मानवअधिकार समूह फेदीखोला गाउँपालिकाका सदस्य नेत्रनारायण गौतमले संयोजक लेखनाथ पराजुलीद्वारा हस्ताक्षर गरिएको पत्र असार २ गते गाउँपालिका उपाध्यक्ष देवी थापालाई बुझाउदै शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी कार्यक्रमलाई आगामी नीति तथा कार्यक्रममा समावेश गर्न अनुरोध गर्नुभएको हो ।
पत्रमा स्वास्थ्यसम्बन्धी कार्यक्रम अन्तरगत स्थानीय स्वास्थ्य चौकीमा सरकारद्वारा निःशुल्क वितरण गरिने सम्पूर्ण औषधिहरु निरन्तर उपलब्ध गरिनुपर्ने,प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुंच का साथै कोभिड महामारीका कारण सङ्क्रमितहरुको उपचार र सङ्क्रमणलाई नियन्त्रण गर्नका लागि उचित व्यवस्था गर्न माग गरिएको छ ।
त्यस्तै शिक्षासम्बन्धी अधिकारमा नागरिकलाई आधारभुत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क तथा माध्यामिक तहसम्मको शिक्षा निशुल्क गरिनु पर्ने,अपाङ्ग र आर्थिक रुपले विपन्न नागरिकलाई कानुन बमोजिम निशुल्क उच्च शिक्षा पाउने हकको सुनिश्चितता, आफ्नो मातृभाषामा शिक्षा पाउने हहकलाई सुनिश्चितता , छात्राहरुको नियमित विद्यालय उपस्थितीका सुनिश्चितताका लागि सेनिटरी प्याडको निःशुल्क व्यवस्था, द्वन्द्वपीडित, जनआन्दोलनमा घाइते तथा शहिद परिवारका बाल बालिककाहरुकालागि उच्च शिक्षासम्म निःशुल्क शिक्षाको व्यवस्था, कोभिड महामारीका कारण शिक्षण संस्थाहरु बन्द रहेकोले वालवालिकाहरुका लागि बैकल्पीक शिक्षा हासील गर्ने अवसरको सुनिश्चितता जस्ता माग गरिएको छ ।
खाद्यसम्बन्धी अधिकार अन्तरगत प्रत्येक नागरिकलाई खाद्य वस्तुको अभाव हुन नदिन, किसानहरुका लागि यथा समयमा नै निःशुल्क बिउ विजन तथा मलको उपलब्धताको सुनिश्चितता, स्थानीय तहमा कृषि उत्पादनलाई वृद्धी गरी आत्मनिर्भर वनाउन आवश्यक नीति निर्माण र दैनिक हातमुख जोर्न समस्यामा रहेका कोभिड सङ्क्रमितहरुका लागि आवश्यक राहतको व्यवस्था माग गरिएको छ ।
त्यस्तै आवासविहिन तथा भूमिहिनहरुका लागि आवासको व्यवस्था तथा जग्गा धनीपुर्जा उपलब्धताको सुनिश्चितताको माग गरिएको छ ।
गाउँपालिका उपाध्यक्ष देवी थापाले पत्र बुझ्दै समूहले मानव अधिकारसम्बन्धी दिएको सुझावलाई सम्बोधन गर्न आफ्नो तर्फबाट भूमिका निभाउने प्रतिबद्धता जनाउनुभयो ।
तिलकुमारी थापा
सम्बन्धित इन्सेक गतिविधिहरू
नवनिर्वाचित जनप्रतिनिधिलाई मानव अधिकार अभिमुखीकरण
शिवपुरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको लागि सञ्चालन गरिएको दुई दिने ‘जनप्रतिनिधिहरूका लागि मानव अधिकार, महिला तथा तथा लैङ्गिक हिंसासम्बन्धी तालिम’ साउन १७ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका–७ सुनखानी गाउँपालिका–८…
सडक मानवरहित बनाउने जिल्ला समितिमा इन्सेक प्रतिनिधि
जिल्लाका सडक मानवरहित बनाउने अभियानलाई सफल पार्न प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संरक्षत्वमा एक समिति गठन गरिएको छ । समितिमा इन्सेक सुनसरीलाई प्रतिनिधिका रूपमा राखिएको छ । जिल्लालाई सडक मानवरहित…
किशोरीहरूका लागि आत्मरक्षा सीप जीवन उपयोगी: उपाध्यक्ष
भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्का थापाले किशोरीका लागि आत्मरक्षा सीप जीवन उपयोगी भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा साउन ४ गते दैलेखको…
नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयद्वारा सुर्खेतमा आयोजित नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम असार ३१ गते सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा सुर्खेतका प्रमुख…
मानव अधिकार समूहद्वारा मृतक परिवारलाई खाद्यान्न सहयोग
इन्सेकद्वारा गठित मानव अधिकार समूह बाणगंगाले मृतक परिवारलाई असार २९ गते खाद्यान्न सहयोग गरेको छ । बाणगंगा नगरपालिका– ११ दक्षिण चेतियाकी ६१ वर्षीया मृतक घौघी थारूको परिवारलाई समूहका अध्यक्ष इन्दिरा…