गाउँपालिकाकाे नीति तथा कार्यक्रममा मानव अधिकारलाई सम्बोधन गर्न माग
आवुँखैरेनी गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा मानव अधिकार संरक्षण र सम्बर्द्धनको कार्यक्रमलाई सम्बोधन गर्न माग गरिएको छ ।
तनहुँ इन्सेक जिल्ला प्रतिनिधिले गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा मानव अधिकार संरक्षण र सम्बर्द्धनको कार्यक्रमलाई सम्बोधन गर्न र नीति तथा कार्यक्रम मानव अधिकार मैत्री बनाउन माग गर्दै ०८० असार ६ गते गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मालाई ज्ञापनपत्र बुझाउनुभएको थियो ।
ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत शर्माले गाउँपालिकाको आगामी वर्षको कार्यक्रममा मानव अधिकारको विषयलाई सम्बोधन गरिने प्रतिबद्धता जनाउनु भयो । शर्माले आगामी आर्थिक वर्षमा गाउँपालिकामा मानव अधिकार संरक्षण र सम्बर्द्धनको कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गर्न आफुले पहल गर्ने बताउनु भयो ।
गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूकोलागि मानव अधिकार सम्बन्धी तालिम तथा मानव अधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयनको लागि विभिन्न कार्यक्रमहरू गरिने गरि नीति बनाइने प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनु भयो ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित इन्सेक गतिविधिहरू
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व धादिङमा वार्षिक समीक्षा कार्यक्रम ०८० मङ्सिर २४ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक धादिङ जिल्ला प्रतिनिधिले सन् २०२३ मा सङ्कलन भएका…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व नुवाकोटमा वार्षिक समीक्षा कार्यक्रम ०८० मङ्सिर २४ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक नुवाकोट जिल्ला प्रतिनिधिले सन् २०२३ मा सङ्कलन भएका…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व रामेछापको मन्थलीमा वार्षिक समीक्षा कार्यक्रम ०८० मङ्सिर २४ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक रामेछाप जिल्ला प्रतिनिधिले सन् २०२३ मा सङ्कलन…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व सिन्धुपाल्चोकमा वार्षिक समीक्षा कार्यक्रम ०८० मङ्सिर २४ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक सिन्धुपाल्चोक जिल्ला प्रतिनिधिले सन् २०२३ मा सङ्कलन भएका…
मानव अधिकार दिवसको अवसरमा प्रभात फेरी
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकारका क्षेत्रमा क्रियाशिल संघ संस्थाहरूको संयुक्त आयोजनामा ०८० मङ्सिर २४ गते विहान जनकपुरधाममा प्रभात फेरीको आयोजना गरिको छ । भविष्यमा मानव अधिकार संस्कृतिलाई एकिकृत…