नीति तथा कार्यक्रममा मानव अधिकारका सवाल समेट्न ज्ञापनपत्र
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) द्वारा कोशी गाउँपालिका गठित मानव अधिकार समूहले २५ बुँदे मागसहितको ज्ञापनपत्र जेठ ३० कोशी गाँउपालिकामा बुझाएको छ ।
मानव अधिकारमैत्री कार्यलाई निरन्तरता र कोशी गाउँपालिकाको आर्थिक वर्ष २०७९।८० को नीति, कार्यक्रम तथा बजेटमा मानव अधिकारमैत्री सवालहरू समेटन आग्रह गर्दै ज्ञापनपत्र बुझाएको मानव अधिकार समूहका अध्यक्ष राजकुमार शर्माले बताउनु भयोे ।
इन्सेकद्वारा गाउँपालिकामा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने इएलपी परियोजना अन्तरगत मानव अधिकार समूहले शिक्षा, स्वास्थ्य, खाद्य र आवास लगायतका अधिकारका विषयलाई सम्बोधन गर्न माग गर्दै गाँउपालिकामा ज्ञापनपत्र बुझाएको अध्यक्ष शर्माले बताउनु भयो ।
गुणस्तरीय शिक्षाका लागि विद्यालयसँगै मदर्सामासमेत विषयगत शिक्षकको व्यवस्था गर्नुपर्ने, कृषि, पशु , शिक्षा र स्वास्थ्य संस्थामा नियमित अनुगमन गरी जवाफदेहिता र उतरदायित्व निर्वाहमा ध्यान दिन समूहले गाँउपालिकालाई आग्रह गरेको छ ।
कोशी गाउँपालिकाका कृषकहरूलाई रासायनिक मल, उन्नत जातको बिउविजन समयमा उपलब्ध गराउनुपर्ने, माटो सुहाँउदो बालीका लागि माटो परीक्षण शिविर सञ्चालन गर्नुपर्ने, सुकुम्बासी विपन्न, दलित समुदायको आवासको अधिकार अन्तरर्गत गाउँपालिकाले तथ्याङ्क सङ्कलन गर्नुपर्ने लगायतका माग ज्ञापनपत्रमा समेटिएको छ ।
समूहले कोशी गाँउपालिकाको लौकही, हरीपुर, भण्टाबारी र कोशी व्यारेज बजार क्षेत्रमा खाद्य वस्तु विक्रि अव्यवस्थित भएको र मिसावटयुक्त विक्रि गरेको गुनासो आएकाले नियमित अनुगमन गर्नुपर्ने माग गरेको छ ।
मानवअधिकारमैत्री योजना र नीति तथा कार्यक्रम ल्याउनुपर्ने माग गरेको मानव अधिकार समूहका सचिव विष्णुकुमार यादवले बताउनु भयो ।
मानव अधिकार समूहले शिक्षा,स्वास्थ्य,खाद्य र आवासका सवालहरूलाई पहिचान गरी गाँउपालिका अध्यक्ष ऐयुव अन्सारीका स्वकीय सचिव धर्मेन्द्र विश्वासलाई ज्ञापनपत्र बुझाइएको छ ।
सुशासनका लागि प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाई कार्यक्रम, बार्षिक सामाजिक परीक्षण कार्यक्रम गर्न समेत ज्ञापनपत्रमार्फत सुझाव दिइएको छ ।
जयकृष्ण यादव
सम्बन्धित इन्सेक गतिविधिहरू
नवनिर्वाचित जनप्रतिनिधिलाई मानव अधिकार अभिमुखीकरण
शिवपुरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको लागि सञ्चालन गरिएको दुई दिने ‘जनप्रतिनिधिहरूका लागि मानव अधिकार, महिला तथा तथा लैङ्गिक हिंसासम्बन्धी तालिम’ साउन १७ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका–७ सुनखानी गाउँपालिका–८…
सडक मानवरहित बनाउने जिल्ला समितिमा इन्सेक प्रतिनिधि
जिल्लाका सडक मानवरहित बनाउने अभियानलाई सफल पार्न प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संरक्षत्वमा एक समिति गठन गरिएको छ । समितिमा इन्सेक सुनसरीलाई प्रतिनिधिका रूपमा राखिएको छ । जिल्लालाई सडक मानवरहित…
किशोरीहरूका लागि आत्मरक्षा सीप जीवन उपयोगी: उपाध्यक्ष
भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्का थापाले किशोरीका लागि आत्मरक्षा सीप जीवन उपयोगी भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा साउन ४ गते दैलेखको…
नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयद्वारा सुर्खेतमा आयोजित नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम असार ३१ गते सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा सुर्खेतका प्रमुख…
मानव अधिकार समूहद्वारा मृतक परिवारलाई खाद्यान्न सहयोग
इन्सेकद्वारा गठित मानव अधिकार समूह बाणगंगाले मृतक परिवारलाई असार २९ गते खाद्यान्न सहयोग गरेको छ । बाणगंगा नगरपालिका– ११ दक्षिण चेतियाकी ६१ वर्षीया मृतक घौघी थारूको परिवारलाई समूहका अध्यक्ष इन्दिरा…