निर्वाचन सुरक्षा तयारीका बारेमा छलफल
स्थानीय तहको निर्वाचनको तयारीका विषयमा इन्सेकद्वारा गठित जिल्लास्तरीय मानव अधिकार निगरानी समितिको टोलीले जिल्ला प्रशासन कार्यालय, निर्वाचन कार्यालय, सुरक्षा निकायका प्रमुख तथा राजनीतिकदलसँग संयुक्त रूपमा छलफल गरेको छ ।
निर्वाचनको समय नजिकिँदै आइरहेको बेला निर्वाचन कार्यालयको तयारी, सुरक्षाको विषय तथा राजनीतिक दलहरूको तयारीका बारेमा छलफल गरिएको मानव अधिकार निगरानी समितिकी संयोजक माया ज्ञवालीले जानकारी दिइन् ।
छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले निर्वाचनलाई ध्यानमा राखेर जिल्ला सुरक्षा समितिको बैठकले विशेष सुरक्षा योजनाअन्तर्गत नगरपालिका तथा गाउँपालिकाको अवस्था हेरेर सुरक्षा व्यवस्था मिलाइरहेको जानकारी दिए ।
सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले निर्वाचनमा सशस्त्र प्रहरीका १ हजार ४ सय २५ जना, जनपथ तथा म्यादी प्रहरीका करिव ३ हजार ६ सय जना, नेपाली सेनाका करिव १ हजार सुरक्षाकर्मी परिचालन हुने बताए ।
छलफलमा जिल्ला निर्वाचन कार्यालयका प्रमुख ज्ञानहरी शर्माले निर्वाचन कार्यालयले आवश्यक तयारी गरिरहेको बताउँदै कार्यालयमा आन्दोलनरत दलसहित २६ राजनीतिक दलहरू दर्ता भएको बताए ।
जिल्लामा २ सय ३३ ओटा मतदान केन्द्र सिफारिस गरिएको र मतदाता शिक्षाका लागि प्रशिक्षक, प्रशिक्षण तालिम भइसकेको तथा जिल्लामा केही दिन भित्रै मतदाता शिक्षाका लागि स्वयम्सेवकलाई तालिम सञ्चालन गर्ने तयारी रहेको शर्माले बताए । निर्वाचनका लागि मधेसमा आन्दोलनरत दलहरूले पनि पार्टी दर्ता गरिसकेकोले जनप्रतिनिधि चुन्ने निर्वाचनमा सबै दलले भाग लिने विश्वास रहेको शर्माले बताए ।
सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय तौलिहवाका डिएसपी खिमनारायण अधिकारीले निर्वाचनमा सशस्त्र प्रहरीले नागरिकको सुरक्षाको साथै मतदान अधिकृत तथा कर्मचारीको सुरक्षाको संवेदनशिलतालाई हेरेर सुरक्षा व्यवस्था मिलाइसकिएको बताए । नागरिकलाई ढुक्कसँग मतदान गर्न पाउने व्यवस्था मिलाइएको डिएसपी अधिकारीको भनाइ छ । छलफलमा राष्ट्रिय अनुसन्धान विभागका इन्स्पेक्टर द्रोण बुढाथोकीले पनि निर्वाचनमा सकृयताका साथ आफ्ना कर्मचारी परिचालन गर्ने तयारी रहेको जानकारी दिए ।
नेपाली कङ्ग्रेसका जिल्ला सचिव महेन्द्र पाठकले निर्वाचनमा सबै मतदाताले भाग लिने बताउँदै गाउँगाउँमा र्याली तथा सभा सम्मेलन गर्ने कार्य सुरू भएको बताए । आन्दोलनरत दलहरूसमेत आन्तरिक रूपमा चुनावी अभियानमा लागेको पाठकको भनाइ छ ।
नन्दराम पौडेल
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहद्वारा वडालाई ध्यानाकर्षण पत्र
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशद्वारा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहले कपिलवस्तु नगरपालिकाका-१ का वडा अध्यक्ष जाहिंद खानलाई फाल्गुन १ गते ध्यानाकर्षण पत्र बुझाएको छ । मानव अधिकार…
बाल अधिकार सचेतना समूहद्वारा कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित श्री हिरा फेक्नी माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले ०८१ माघ २४ गते कार्ययोजना बैठक सम्पन्न गरेको छ ।…
जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा इन्सेक चयन
जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ताप्लेजुङलाई सदस्यमा चयन गरिएको छ । सञ्जालको सदस्यमा इन्सेक ताप्लेजुङ, प्रतिनिधि एलिना दियाली चयन हुनु भएको हो । जिल्ला प्रहरी…
अदालतले दिएका आदेश कार्यान्वयन गर्नु सबैको कर्तब्य होः मुख्य न्यायाधीश भट्टराई
उच्च अदालत सुर्खेतका कामयम मुकायम मुख्य न्यायाधीश कृष्णलाल भट्टराईले सार्वजनिक सरोकारका विषयमा अदालतले दिएका आदेश कार्यान्वयन गर्नु सबैको कर्तब्य रहने बताउनुभएको छ । ०८१ माघ ३० गते अनौपचारिक क्षेत्र सेवा…
मानव अधिकार तथा वातावरण अधिकार समूहको प्रदेशस्तरी बैठक सम्पन्न
अनौपचारिक क्षत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोनामा मानव अधिकार तथा वातावरण अधिकार समूहकोे प्रदेशस्तरी बैठक ०८१ माघ ३० गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेस…