निर्वाचन पूर्व मानव अधिकारको अवस्थाबारे अनुगमन
स्थानीय तह निर्वाचन ०७४ को निर्वाचन पूर्व अनुगमन अन्तर्गत इन्सेक क्षेत्रीय कार्यालय पोखराको टोलीले निर्वाचनको तयारी, राजनीतिक दलहरूबिचको सम्बन्ध, सुरक्षा अवस्था, सुरक्षा चुनौती, मतदात शिक्षालगायतका विषयमा विभिन्न सरोकारवाला निकायसँग भेटी निर्वाचन पूर्व मानव अधिकारको अवस्था र समग्र निर्वाचानको बारेमा अनुगमन गरेको छ ।
इन्सेक क्षेत्रीय कार्यालय संयोजक शिव खकुरेलको नेतृत्वमा आएको टोलीले वैशाख १२ गते प्रमुख जिल्ला अधिकारी डिल्ली पोख्रेल, जिल्ला प्रहरी कार्यालयका डिएसपी एकनारायण कोइराला, जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेश पाण्डे, नेपाली काङ्ग्रेसका विष्णु मुस्कान, एमालेका जिल्ला सचिव रामबहादुर चौहान, एमाओवादी केन्द्रका जिल्ला संयोजक ठाकुरकुमार बिक, पत्रकार महासङ्घका अध्यक्ष हिमबहादुर जिसी, अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष शुसीला गैरेसँग भेटघाट गरी मानव अधिकार अवस्थाको अनुगमन र निर्वाचनको बारेमा जानकारी लिएको थिएको छ ।
अनुगमनको क्रममा इन्सेक क्षेत्रीय कार्यालयका संयोजक शिव खकुरेलले स्थानीय निर्वाचनलाई स्वच्छ, धाँधलीरहित र शान्तिपूर्ण बनाउनको लागि आफूहरूले निर्वाचनको पूर्व, निर्वाचनको दिन र निर्वाचनपछि तीनै चरणको पर्यवेक्षण गर्ने बताए । साथसाथै इन्सेकले विगत निर्वाचन जस्तै यो निर्वाचनमा पनि स्वच्छ निर्वाचनको लागि नागरिक अभियान सञ्चालन गरिने जानकारी दिए ।
भेटघाटमा प्रमुख जिल्ला अधिकारी डिल्ली पोख्रेलले वैशाख ३१ गतेको निर्वाचनको अन्तिम तयारी गरिरहेको भएपनि सरकारले सारेको बताए । उनले भने-'सुरक्षा, रणनीति, मतदाता शिक्षा, मतदान अधिकृतको कार्यालयलगायतका निर्वाचनसँग सम्बन्धित विषयमा अन्तिम तयारी भइरहेको अवस्थामा सरकारले यहाँ दोस्रो चरणमा निर्वाचन गर्ने निर्णय गरेकाले यहाँका मतदाता तथा सबै क्षेत्रलाई निराशा बनाएको छ ।'
नारायण भुसाल
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत मनहरी गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा देखिएका समस्याहरू समाधान गर्नको लागि मनहरी गाउँपालिकामा गठन भएको मानव अधिकार समूहले मनहरी गाउँपालिकाको अध्यक्षलाई ज्ञापन पत्र बुझाएको…
लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नु आवश्यकः उपाध्यक्ष चौँलागाईँ
बागमती प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौँलागाईँले लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नलाई तयार रहन युवा वर्गलाई अनुरोध गर्नु भएको छ । गैरसरकारी संस्था महासङ्घ, मकवानपुरको आयोजना, हेटौँडा उपमहानगरपालिका र…
बाल अधिकार चेतना समूहद्वारा जनचेतनामूलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र बेलौरी नगरपालिका–२ गोकुलपुरस्थित श्री लक्ष्मी माध्यमिक विद्यालय र बेलौरी नगरपालिका–३ खिरीयास्थीत श्री जनजागृती पुष्पलाल स्मृती माध्यमिक विद्यालयमा गठित बाल अधिकार…
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बाल अधिकार चेतना समूहद्वारा सडक नाटक प्रर्दशन
कैलारी गाउँपालिकास्तरीय मानव अधकार समूह, बाल अधिकार चेतना समुह र जनकल्याण माध्यामिक विद्यालयको संयुक्त आयोजनामा बाल अधिकार चेतना समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर २१ गते सडक…
मानवअधिकारको पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
गण्डकी प्रदेश सरकार, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेशको संयुक्त आयोजनामा मङ्सिर २० गते पोखरामा मानवअधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न…