निर्वाचन पूर्वको मानव अधिकार अवस्थाबारे छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को टोलीले डडेल्धुरामा वैशाख ९ गते निर्वाचन पूर्व जिल्लाको मानव अधिकार अवस्थाबारे छलफल गरेको छ ।
इन्सेक क्षेत्रीय कार्यालय, धनगढीका संयोजक खडकराज जोशीको नेतृत्वमा रहेको टोलीले नागरिक समाजका अगुवा, पत्रकार, मानव अधिकारकर्मी र मतदाताहरूसँग छलफल गरको हो ।
छलफल कार्यक्रममा क्षेत्रीय संयोजक जोशीले स्थानीय तहको निर्वाचनलाई स्वच्छ र निश्पक्ष बनाउनका लागि इन्सेकले अनुगमन गरिरहेको बताए ।
डडेल्धुरा सदरमुकाममा आयोजित छलफल कार्यक्रममा वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि मतादाताहरूलाई मतदाता शिक्षाको आवश्यकता रहेको र स्थानीय तहको निर्वाचन नहुँदा गाउँमा विकासका कार्यक्रम नभएको र स्थानीय तहको निर्वाचन हुन लागेकोमा सहभागीहरूले खुशी व्यक्त गरेका थिए ।
भुपेन्द्र बिष्ट
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको बैठक तथा वडा स्तरमा मानव अधिकार समूह गठन सम्पन्न
गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक तथा वडा स्तरीय मानव अधिकार समूह गठन माघ १७ गते माछापुच्छ्रे गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा कार्यपालिका सदस्य जमुना पुनले समूहले घुम्ती बैठक…
मानव अधिकार समूह र स्थानिय सरोकारवालाहरूको क्षमता अभिबृद्धि तालिम सुरू
इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलबस्तु नगरपालिकाको तौलिहवामा दुई दिने मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिम माघ १३ गते सुरू भएको छ । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका उपमेयर…
सूर्तिजन्य पदार्थ नियमनको मागराख्दै मानव अधिकार रक्षक सञ्जालको नगरप्रमुखलाई ध्यानाकर्षण
सुर्तिजन्य पदार्थ नियमन र नियन्त्रणको माग राख्दै मानव अधिकार रक्षक सञ्जालले वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । वीरेन्द्रनगरमा माघ १० गते नमुना कर्णाली मानव अधिकार रक्षक सञ्जाल…
बाल अधिकार समूहका सदस्यहरूकालागि तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा बाल अधिकार समूहका सदस्यहरूकालागि दुई दिने बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम कपिलवस्तुमा माघ ११ गते देखि सुरूभएको छ…
मानवअधिकारकर्मीहरूसंगको अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका केन्द्रिय कार्यालय व्यवस्थापन प्रमुख शुभेच्छा खड्का, डिसिएका कार्यक्रम व्यवस्थापक बालकृष्ण कट्टेलले मानव अधिकारसम्बन्धि प्रगति प्रतिवेदन तथा मानवअधिकार सहायता कक्षबारे जानकारी लिनुभएको छ । इन्सेक मधेस…