निर्वाचन पर्यवेक्षकका लागि अभिमूखीकरण कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तुको आयोजनामा मङ्सिर १९ गते प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन पर्यवेक्षणमा खटिने पर्यवेक्षकका लागि अभिमूखीकरण कार्यक्रम गरिएको छ ।

Photo20171205Kapilvastu

इन्सेक जिल्ला प्रतिनिधि नन्दराम पौडेलले स्वच्छ र निष्पक्ष निर्वाचनका लागि पर्यवेक्षकको भूमिका, निर्वाचन आचारसंहिता तथा पर्यवेक्षकहरूले गर्नु पर्ने कामका र पालना गर्नुपर्ने नियमका बारेमा सहजीकरण गरेका थिए ।

मानव अधिकार निगरानी समूह बुद्धभूमि नगरपालिकाका अध्यक्ष कृष्ण खनालले पर्यवेक्षकहरूले निष्पक्ष भएर काम नगर्दा त्यसले सिङ्गो संस्थामा नै आँच आउने कुरामा सजग गराउँदै निष्पक्ष भएर अनुगमन तथा पर्यवेक्षणको कार्य गर्न आग्रह गरे । उनले पर्यवेक्षकहरूलाई कुनै पनि उम्मेदवारलाई मत माग्न र सामाजिक सञ्जालको दुरूपयोग नगर्न समेत आग्रह गरे । तालिममा कपिलवस्तुमा इन्सेकका तर्फबाट पर्यवेक्षण गर्ने १८ जनाको सहभागिता रहेको थियो ।

नन्दराम पौडेल