निर्वाचन पर्यवेक्षकका लागि अभिमुखीकरण सम्पन्न

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखराको आयोजनामा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७४ मा खटिने पर्यवेक्षकका लागि अभिमुखीकरण कात्तिक २९ गते पोखरामा सम्पन्न गरिएको छ ।

Photo20171115Kaski

इन्सेक केन्द्रिय कार्यलयका मानव अधिकार प्रलेख तथा प्रचारप्रसार विभाग प्रमुख मदन पौडेलले  पर्यवेक्षण गर्ने सङ्घसंस्थाको कर्तव्य, पर्यवेक्षण गर्नुको उद्धेश्य र निर्वाचन आयोगले निर्धारण गरेको निर्वाचन पर्यवेक्षकहरूले पालना गर्नुपर्ने आचारसंहितालगायतका विषयमा सहजीकरण गरेका थिए ।

इन्सेक क्षेत्रीय कार्यालय पोखराका संयोजक शिव खकुरेलले पर्यवेक्षकले आफ्नो आचारसंहिता सहि तरिकाले पालना गरी निर्वाचन पर्यवेक्षण गर्नु पर्ने बताए ।

कार्यक्रममा पर्वत र स्याङजाका इन्सेक जिल्ला प्रतिनिधिसहित कास्कीका २० जना निर्वाचन पर्यवेक्षकको सहभागिता रहेको थियो ।

सङ्गीता भाट