निर्वाचन आचारसंहिता पालना गर्न ओखलढुङ्गाका पत्रकार प्रतिबद्ध
ओखलढुङ्गामा क्रियाशील पत्रकारहरूले निर्वाचन आचारसंहिता पालना गर्न प्रतिबद्धता जनाएका छन् । इन्सेकको पहलमा नेपाल पत्रकार महासङ्घ ओखलढुङ्गाले ०७४ वैशाख ९ गते आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पत्रकारहरूले निर्वाचन आचारसंहिता पालना गर्न प्रतिबद्धता जनाएका हुन् ।
जिल्लामा सञ्चालित सञ्चारमाध्यमका सञ्चालक र पत्रकारहरूबिच भएको छलफलमा आचारसंहिता पालना र व्यवसायिक मर्यादा पालना गर्ने सहमति भएको नेपाल पत्रकार महासङ्घ ओखलढुङ्गाका सचिव लाक्पा जी. शेर्पाले बताए ।
अन्तरक्रियामा निर्वाचन आचारसंहिता, पत्रकारको दायित्व र सुरक्षा संवेदनशीलताका विषयमा गरिएको छलफलबाट तीन बुँदे लिखित प्रतिबद्धता जनाइएको छ ।
स्थानीय तह निर्वाचनको समयमा पत्रकारिता र सञ्चारमाध्यमबाट समाचार सङ्कलन र सम्प्रेशण गर्दा दलगत प्रचारबाजी नभई समृद्ध स्थानीय तह निर्माण र सङ्घीयता कार्यान्वयनको बारेमा सकारात्मक सन्देश प्रवाह हुने गरी गर्ने, निर्वाचन आचारसंहिताको परिपालना, कार्यान्वयनको अवस्था र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न प्रतिबद्ध रहने निर्णय भएको छ ।
त्यस्तै निर्वाचनसम्बन्धी समाचार स्रोतमा पत्रकार, निर्वाचन पर्यवेक्षकहरूबिच साझेदारी, समन्वय, सन्देशमा एकरूपता ल्याउन प्रतिबद्धता जनाइएको छ ।
शिवप्रसाद ढुङ्गाना
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत मनहरी गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा देखिएका समस्याहरू समाधान गर्नको लागि मनहरी गाउँपालिकामा गठन भएको मानव अधिकार समूहले मनहरी गाउँपालिकाको अध्यक्षलाई ज्ञापन पत्र बुझाएको…
लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नु आवश्यकः उपाध्यक्ष चौँलागाईँ
बागमती प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौँलागाईँले लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नलाई तयार रहन युवा वर्गलाई अनुरोध गर्नु भएको छ । गैरसरकारी संस्था महासङ्घ, मकवानपुरको आयोजना, हेटौँडा उपमहानगरपालिका र…
बाल अधिकार चेतना समूहद्वारा जनचेतनामूलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र बेलौरी नगरपालिका–२ गोकुलपुरस्थित श्री लक्ष्मी माध्यमिक विद्यालय र बेलौरी नगरपालिका–३ खिरीयास्थीत श्री जनजागृती पुष्पलाल स्मृती माध्यमिक विद्यालयमा गठित बाल अधिकार…
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बाल अधिकार चेतना समूहद्वारा सडक नाटक प्रर्दशन
कैलारी गाउँपालिकास्तरीय मानव अधकार समूह, बाल अधिकार चेतना समुह र जनकल्याण माध्यामिक विद्यालयको संयुक्त आयोजनामा बाल अधिकार चेतना समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर २१ गते सडक…
मानवअधिकारको पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
गण्डकी प्रदेश सरकार, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेशको संयुक्त आयोजनामा मङ्सिर २० गते पोखरामा मानवअधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न…