निर्वाचन अघिको मानव अधिकार अवस्थाका सम्बन्धमा छलफल
इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जको आयोजनामा छाँयानाथ रारा नपा-४ ताल्चा गाउँमा निर्वाचन अघिको मानव अधिकार अवस्थाका सम्बन्धमा वैशाख ६ गते मतदाताहरूसँग छलफल कार्यक्रम सम्पन्न गरिएको छ ।
छाँयानाथ रारा नपा-४ र ५ का मतदाता सहभागी कार्यक्रमका चिनकला बिकले मतदान गर्न नजानेको बताउँदै मतदाता शिक्षाको आवश्यकता भएको बताइन् । उनले भनिन्-'मतदान पत्र कस्तो हुन्छ ? केही पनि थाहा छैन ।' स्थानीय तहको निर्वाचन नहुँदा गाउँमा विकास नभएको बताउँदै स्थानीयबासी नन्दप्रसाद भामले निर्वाचन हुन लागेकोमा खुसी व्यक्त गरे ।
इन्सेकका साधरण सदस्य कृष्ण मुरारीप्रसाद भट्टले निर्वाचनमा योग्य र सक्षम उम्मेदवारलाई मतदान गर्न अनुरोध गरे । इन्सेक सदस्य भट्टले सक्षम उम्मेदवारले जितेमा समाज बन्ने बताए ।
इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रलेख अधिकृत नारायण सुबेदीले इन्सेकले स्थानीय तहको निर्वाचनको तीन तहको अनुगमन गर्ने बताउँदै मत माग्न आउने उम्मेदवारलाई जितेपछि गाउँ र समाजमा के विकास गर्नुहुन्छ ? भनी प्रश्न गर्न मतदातालाई अनुरोध गरे ।
महादेव प्रावि ताल्चाका प्रद्यानाध्यापक कृष्णबहादुर रावतले मतदाता शिक्षा सञ्चालन गर्ने सहजकर्ता स्थानीयबासी हुनुपर्नेमा जोड दिए । ताल्चा क्षेत्रको सुरक्षा अवस्था राम्रो भएको बताउँदै सहभागीहरूले कुनै पक्षको डर र धम्की नआएको बताए ।
जीवन सेजुवाल
सम्बन्धित इन्सेक गतिविधिहरू
लैङ्गिक विभेद विरुद्ध सचेतना मुलक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न राक्सिराङ गाउँपालिका-३, पलासेस्थित सूर्योदय माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर १५ गते लैङ्गिक विभेद विरुद्ध सचेतना मुलक…
अन्धता विरुद्धको सचेतना मुलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न कालिका नगरपालिका-९, शक्तिखोर स्थित श्री राष्ट्रिय चतुर्मुखी माविको बाल अधिकार समूहले ०८० मङ्सिर १५ गते अन्धता विरुद्धको सचेतना…
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अधिकार सुनिश्चित गर्नुपर्छः सरोकारवालाहरू
पहिचानका आधारमा नागरिकता दिए र उनीहरूको पक्षमा नीति निर्माण गरेमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अधिकार सुनिश्चित हुने सरोकारवालाहरूले बताएका छन् । समावेशी मञ्च नेपालको आयोजना तथा जिल्ला समन्वय समिति र…
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत कालिका नगरपालिकाको प्रशासकीय प्रमुखलाई ज्ञापन पत्र
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा देखिएका समस्याहरू समाधान गर्नको लागि कालिका नगरपालिकामा गठन भएको मानव अधिकार समूहले कालिका नगरपालिका प्रशासकीय प्रमुखलाई ज्ञापन पत्र…
बाल अधिकार सचेतना समूहद्वारा लैंगिक हिंसा विरूद्धको सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा श्री नेरामावि, भाटनपुर्वा गठित बाल अधिकार सचेतना समूहले लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानको अवसरमा मङ्सिर १५ गते लैंगिक हिंसाविरूद्धको सडक नाटक प्रदर्शन गरेको छ…