निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न/नगराउन माग गर्दै ध्यानाकर्षण
नागरिक सङ्घ सङ्गठनका प्रतिनिधिहरूले आगामी स्थानीय तहको निर्वाचनमा बालबालिका प्रयोग नगर्न तथा त्यस्तो कार्य गर्न नदिन आग्रह गर्दै विभिन्न निकायको ध्यानाकर्षण गराएका छन् ।
चैत २९ गते प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न र नगराउन सबै राजनीतिक दलहरूलाई ध्यानाकर्षण गराईदिन माग गरिएको छ ।
नेपाल सरकारले 'बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय महासन्धी १९८९' अनुमोदन गरिसकेको र सरकारको तर्फबाट 'विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८' जारी गरिसकेको स्मरण गराउँदै ज्ञापनपत्रमा निर्वाचन आयोगले जारी गरेको 'निर्वाचन आचार संहिता २०७२' को परिच्छेद २ अन्तर्गत उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले पालना गर्नु पर्ने आचरणको बुँदा नम्बर (ड) मा निर्वाचन प्रचार प्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने भनि किटान गरिएको छ ।
बालबालिकासम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन र निर्वाचन आयोगलेसमेत निर्वाचनमा बालबालिकाको प्रयोगमा बन्देज लगाएको हुँदा यससम्बन्धी व्यवस्था सम्पुर्ण राजनीतिक दलहरूलाई जानकारी गराई निर्वाचनमा बालबालिकाको प्रयोग हुनबाट रोक्ने कार्यमा सहजीकरणको लागि ज्ञापनपत्रमा प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरिएको छ ।
मानवअधिकार निगरानी समूह तनहुँका अध्यक्ष रामलिला सुवर्णकार, नेपाल बार एसोसियसनका अध्यक्ष शिवदत्त ढकाल, इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराई, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) की अध्यक्ष सोनी खनिया, रिसेडका अध्यक्ष मदन पौडेल, नेपाल पत्रकार महासङ्घ तनहुँका सचिव उज्वल पौडेल, कोशिस राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्वन सङ्गठनका कार्यक्रम संयोजक बसन्त भट्टले हस्ताक्षर गरेको ज्ञापनपत्रमा निर्वाचनको घोषणाले नागरिकमा खुसीको सञ्चार छाएको भन्दै निर्वाचनको प्रक्रिया र मतदानमा कोही कसैको डर, धम्की, दबाव र प्रलोभनमा नपरी निश्पक्ष र भयरहित तरिकाले सहभागी हुन पाउने आम नागरिक तथा मतदाताहरूको अधिकार भएको हुँदा सो अधिकारको सम्मान गर्न पनि अनुरोध गरिएको छ ।
साथै विद्यालयको प्राङ्गणमा राजनीतिक दलको आमसभा तथा जुलुसहरू नगर्न, विद्यालयको भित्ताहरूमा राजनीतिक दल तथा उम्मेदवारको प्रचार प्रसारको सामग्री नलेख्न र पोष्टर नटाँस्न र मतदान केन्द्रहरूलाई अपाङ्गतामैत्री बनाउन पनि ज्ञापनपत्रमा अनुरोध गरिएको छ । सो ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोख्रेलले अब बस्ने सर्वदलीय बैठकमा यस बारेमा जानकारी गराई बालबालिकाको प्रयोग नगर्न राजनीतिक दलहरूलाई अनुरोध गर्ने बताए ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित इन्सेक गतिविधिहरू
सङ्क्रमणकालीन न्याय नागरिक निगरानी समितिको बैठक सम्पन्न
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा पदाधिकारी सिफारिस गर्न गठित समितिको गठन गर्ने प्रक्रिया प्रति ध्यानाकर्षण भएको छ । सङ्क्रमणकालीन न्याय नागरिक निगरानी समिति बैठक…
७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा इन्सेक प्रतिनिधि सम्मानित
७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा इन्सेक सिरहा जिल्ला प्रतिनिधि सम्मानित भएका छन । "हाम्रो अधिकार, हाम्रो भविष्य, अहिले नै" भन्ने मुल नाराका साथ ०८१ मङ्सिर २६ गते अन्तर्राष्ट्रिय मानव अधिकार…
७६ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस विभिन्न कार्यक्रम गरी समपन्न
"हाम्रो अधिकार, हाम्रो भविष्य अहिले नै" भन्ने मुल नाराका साथ ०८१ मङ्सिर २६ गते ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा र्याली तथा अन्तरक्रिया कार्यक्रम गरी समपन्न भएको छ ।…
७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइयाे
७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मङ्सिर २५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा शम्भुनाथ र डाक्नेश्वरी नगरपालिकामा गठित मानव अधिकार समूहले मानव सहायता सम्पर्क समूह सञ्चालन गरी मनाएको छ भने मङ्सिर…
मानवअधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटाको आयोजनामा नेपाल मानवअधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ । इन्सेक जिल्ला प्रतिनिधिले जिल्लामा सन् २०२४ को जनवरीदेखि नोभेम्बरसम्म…