नियमित अनुगमनले सरोकारवाला निकायलाई जबाफदेही बनाउनेमा जोड

मानव अधिकारको क्षेत्रमा क्रियाशील संस्था इन्सेकको नियमित अनुगमनले सरोकारवाला निकायलाई जबाफदेही बनाउनेमा जोड दिइएको छ ।

Photo20181115Rukum_East (1)

इन्सेकको आयोजनामा रुकुमकोटमा कात्तिक २८ गते आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१९ को पूर्व समीक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले उक्त कुरामा जोड दिएका हुन् । प्रजिअ शर्माले इन्सेकले नियमित भेटघाट तथा छलफलले सरोकारवालाहरूमा कामप्रति जागरूकता देखाउने वातावरण बनाएको बताए ।

इन्सेक प्रदेश ५ कार्यालय नेपालगञ्जका प्रलेख अधिकृत विनोद पाण्डेले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै सन् २०१८ को जनवरीदेखि हालसम्म जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना प्रस्तुत गरेका थिए । जसमध्ये बलात्कारका सात ओटा, बाल अधिकार उल्लङ्घनका चार ओटा, कुटपिटका दुई ओटा घटना रहेका छन् ।

Photo20181115Rukum_East (2)

कार्यक्रममा राष्ट्रिय अनुसन्धानका डिएसपी शुक्रराज केसीले पुथा उत्तरगङ्गा गाउँपालिका-२ मा बेपत्ता पारिएका शिक्षक मखनकुमार केसीको घटना नेपाल मानव अधिकार वर्ष पुस्तकमा समेट्न सुझाव दिए ।

जिल्ला अदालतका वैतनिक कानुन व्यवसायी किरण गौतमले बलात्कार घटनामा 'होस्टाइल' हुने गरेको बताए ।

कार्यक्रममा बोल्ने वक्ताहरूले जिल्लामा मानव अधिकारको क्षेत्रमा काम गर्ने अन्य सङ्घ संस्था नभएको बताउँदै इन्सेकको नियमित उपस्थिति आवश्यक रहेको बताए ।

प्रचण्ड मल्ल