निबन्ध प्रतियोगिताको पुरस्कार वितरण
इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जको आयोजनामा दिगो शान्ति, सद्भाव र एकताका लागि जिल्ला स्तरीय खुल्ला निबन्ध प्रतियोगिताका विजेता तथा सहभागीलाई वैशाख १० गते प्रमाणपत्र एवम् पुरस्कार वितरण गरिएको छ ।
जिल्ला शिक्षा अधिकारी भिमबहादुर साउदले सफल प्रतियोगीहरूलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गर्दै दिगो शान्ति, सद्भाव र एकताका लागि प्रत्येक व्यक्तिको व्यवहार परिवर्तनमा जोड दिए ।
कार्यक्रममा वीरेन्द्रप्रसाद जैसी प्रथम, ऋृचा लुइटेल द्वितीय, मधुकरमणी आचार्य तृतीय र खिमानन्द जोशीलाई सान्त्वना घोषणा गर्दै पुरस्कार प्रदान गरिएको थियो ।
पुरस्कार वितरण कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका मध्यपश्चिमाञ्चल क्षेत्रीय निर्देशक मुरारी खरेलले द्वन्द्वप्रति समाजको बुझाई निबन्धका माध्यमबाट बाहिर आएको बताउँदै विषयवस्तुको उठान गर्नु नै उपलब्धी भएको बताए ।
इन्सेकका क्षेत्रीय संयोजक भोला महतले दिगो शान्ति, एकता र सद्भावप्रति आम नागरिकको सक्रियता बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए । प्रतियोगितामा १७ जनाले भाग लिएका थिए ।
सम्बन्धित इन्सेक गतिविधिहरू
शान्ति दिवसको अवसर अन्तरक्रिया तथा दीपप्रज्ज्वलन कार्यक्रम सम्पन्न
अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा द्वन्द्व प्रभावितहरुसँग अन्तरक्रिया तथा दीपप्रज्ज्वलन कार्यक्रम सम्पन्न गरिएको छ । ‘शान्तिकालागिकार्यहरु ः विश्वव्यापी लक्ष्यहरुको लागि हाम्रो महत्वकांक्षा’ भन्ने मूल नाराका साथ भदौ ४ गते अनौपचारिक क्षेत्र सेवा…
दुर्गम बस्ती हियाखोलामा बालविवाह विरुद्ध कानुनी सचेतना
तातोपानी गाउँपालिका – ६ हियाखोला गाउँमा बालविवाह विरुद्ध सचेतना कार्यक्रम गरिएको छ । इन्सेक, मानवअधिकार रक्षक संजाल जुम्लाको आयोजना तथा ६ नम्बर वडापालिका र कालिका आधारभूत विद्यालय हियाखोलाको समन्वयमा बालविवाह…
रामेछापमा संविधान दिवसको अवसरमा विविध कार्यक्रम
संविधान दिवसको अवसरमा ०८० असोज ३ गते रामेछापमा विविध कार्यक्रम आयोजना गरिएको छ । संविधान दिवसको अवसरमा असोज ३ गते मन्थलीमा र्याली सहितको प्रवचन कार्यक्रम सम्पन्न भएको छ । संविधान…
मानव अधिकार रक्षकका लागि मनोसामाजिक तालिम
मानव अधिकार रक्षकका लागि मनोसामाजिक प्राथमिक उपचार विषयक पुनर्ताजगी तालिम सुर्खेतमा सुरु गरिएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालयको आयोजनामा असोज ३ गतेदेखि सञ्चालन भएको तालिमको उद्घाटन सत्रमा सामाजिक विकास मन्त्रालय…
राष्ट्रिय बाल दिवसमा प्रभातफेरी र हस्ताक्षर सङ्कलन
“बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ५९औं राष्ट्रिय बाल दिवस २०८० को अवसरमा सप्तरीको शभ्भुनाथ र डाक्नेश्वरी नगरपालिकामा भदौ २९ गते प्रभातफेरी र हस्ताक्षर सङ्कलन अभियान सम्पन्न…