निगरानी समूहद्वारा निर्वाचनको तयारीको सन्दर्भमा सरोकारवालासँग छलफल
मानव अधिकार निगरानी समूह तनहुँले आगामी वैशाख ३१ गतेका लागि तय गरिएको स्थानीय तह निर्वाचनको तयारीको बारेमा प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन कार्यालयका अधिकारीसँग छलफल गरेको छ ।
समूहका संयोजक रामलिला सुवर्णकार नेतृत्वको टोली चैत १३ गते सरोकारवाला कार्यालयमा पुगेरै छलफल गरेको हो ।
प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोख्रेलसँग भेटघाट गरी निर्वाचनको तयारी, निर्वाचनको सुरक्षा व्यवस्था, राजनीतिक दलहरूसँगको समन्वयलगायतका विषयमा जानकारी लिएको थियो ।
सो अवसरमा प्रजिअ पोख्रेलले संविधान कार्यान्वयन गर्न निर्वाचन अपरिहार्य भएको हुँदा सबै राजनीतिक दलको सहयोगमा जिल्लामा निर्वाचनको वातावरण बनाइएको बताए । जिल्लामा निर्वाचनको कुनै चुनौती नरहेको भन्दै प्रजिअ पोख्रेलले सुरक्षा निकायको समन्वय र सहयोगमा निर्वाचनलाई शान्तिपुर्ण र भयरहित बनाउने प्रतिवद्धता जनाए । मतदान स्थल र मतदान केन्द्रको निर्धारणमा राजनीतिक दलहरूको महत्वपुर्ण सहयोग रहेको भन्दै प्रजिअ पोख्रेलले निर्वाचन अवधिसम्म राजनीतिक दलहरूको यस्तै सहयोगको अपेक्षा गरिएको बताए ।
मतदाता शिक्षा कार्यक्रम सबैभन्दा चुनौतीपुर्ण रहेको भन्दै उनले मत बदर हुन नदिन निर्वाचन शिक्षा कार्यक्रम अपरिहार्य रहेको र निर्वाचन पर्यवेक्षण र मानव अधिकार सङ्घसस्थाहरूले नमूना मतदान गरी मतदातालाई प्रशिक्षण दिन अनुरोधसमेत गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका नायव सुब्बा हरिप्रसाद लामिछानेले हालसम्म मतदान केन्द्र र मतदान स्थलको निर्धारण गरिएको र मतदाताहरूको नामावली निर्वाचन आयोगमा पठाइएको जानकारी दिए । निर्वाचन आयोगले मतदाताको अन्तिम नामावली केही दिन भित्रैमा पठाउने र त्यसैलाई अन्तिम नामावली मान्ने पनि उनले बताए ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार तनहुँमा कुल १ लाख ९६ हजार ४ सय ४२ जना मतदाता रहेका छन् । जसमा व्यास नपामा सबैभन्दा धेरै ३९ हजार २ सय १३, भानु नपामा ३२ हजार ७ सय २४, शुक्लागण्डकी नपामा २९ हजार ७ सय ८८ र भिमाद नपामा १९ हजार ६ सय ८० जना मतदाता रहेका छन् । त्यस्तै गाउँपालिकातर्फ रिसिङमा १४ हजार ७ सय ८१, म्याग्देमा १४ हजार ४ सय ६०, घिरिङमा १२ हजार २ सय ३४, बन्दिपुरमा १२ हजार १ सय ४, आवुँखैरेनीमा ११ हजार ८५ र देवघाटमा १० हजार ३ सय ३५ जना मतदाता रहेका छन् ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित इन्सेक गतिविधिहरू
नवनिर्वाचित जनप्रतिनिधिलाई मानव अधिकार अभिमुखीकरण
शिवपुरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको लागि सञ्चालन गरिएको दुई दिने ‘जनप्रतिनिधिहरूका लागि मानव अधिकार, महिला तथा तथा लैङ्गिक हिंसासम्बन्धी तालिम’ साउन १७ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका–७ सुनखानी गाउँपालिका–८…
सडक मानवरहित बनाउने जिल्ला समितिमा इन्सेक प्रतिनिधि
जिल्लाका सडक मानवरहित बनाउने अभियानलाई सफल पार्न प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संरक्षत्वमा एक समिति गठन गरिएको छ । समितिमा इन्सेक सुनसरीलाई प्रतिनिधिका रूपमा राखिएको छ । जिल्लालाई सडक मानवरहित…
किशोरीहरूका लागि आत्मरक्षा सीप जीवन उपयोगी: उपाध्यक्ष
भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्का थापाले किशोरीका लागि आत्मरक्षा सीप जीवन उपयोगी भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा साउन ४ गते दैलेखको…
नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयद्वारा सुर्खेतमा आयोजित नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम असार ३१ गते सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा सुर्खेतका प्रमुख…
मानव अधिकार समूहद्वारा मृतक परिवारलाई खाद्यान्न सहयोग
इन्सेकद्वारा गठित मानव अधिकार समूह बाणगंगाले मृतक परिवारलाई असार २९ गते खाद्यान्न सहयोग गरेको छ । बाणगंगा नगरपालिका– ११ दक्षिण चेतियाकी ६१ वर्षीया मृतक घौघी थारूको परिवारलाई समूहका अध्यक्ष इन्दिरा…