नागरिक समाज सवलीकरणका लागि पहल कार्यक्रम सम्पन्न

नेपालको नागरिक समाजलाई वैधानिक, जिम्मेवार र सशक्त बनाउने लक्ष्यका साथ सञ्चालित नागरिक समाज-साझा जबाफदेहिता परियोजना अन्तर्गत माघ १५ गते विकासको लागि नागरिक समाज तथा सञ्चार जगतबिच सहकार्य विषयक अन्तरक्रिया कार्यक्रम चौतारामा सम्पन्न भयो  ।

युएसएआइडीको आर्थिक सहयोग र एफएचआईको प्राविधिक सहयोग कार्यक्रमबाट सञ्चालित उक्त कार्यक्रमले नागरिक समाजका सङ्घ संस्थाहरूको आन्तरिक सवलीकरणमा जोड दिने जिल्लाका सरोकारवालाहरूले बताए ।

कार्यक्रममा गैसस महासङ्घ जिल्ला शाखा सल्लाहकार समितिका संयोजक सोम सापकोटाले नागरिक समाजको भूमिकालाई परिस्थितिले निर्धारण गर्ने भएकोले वर्तमान समयमा सबैको साझा चौतारी बनाउनु पर्ने बताए  ।

त्यसैगरी नेपाल नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष युवराज पुरीले जिल्लामा नागरिक समाजको सङ्गठन आवश्यक भएकाले तत्काल यो काममा सबैपक्ष जुट्नु पर्ने बताए ।

रेडियोकर्मी यज्ञ दङ्गाल, टिका सुवेदीलगायतले नागरिक समाजका सङ्घ संस्थाहरूमा धेरै पटक सुशासनको सवालमा छलफल भयो तर व्यवहारमा नदेखिएकोले त्यसका लागि सशक्तखालको फोरम निर्माण गर्नुपर्ने बताए ।

कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल जिल्ला संयोजक उमेश बिकले वर्तमान अवस्थामा सङ्घ संस्थाहरूको आन्तरिक सुशासनको अवस्थाबारे विश्लेषणत्मक टिप्पणी गरे ।

नतिबावु धिताल