नागरिक समाज र स्थानीय सरकारबिच सहकार्यको आवश्यकतामा जोड
सरकारले परिकल्पना गरेको सुखी र समृद्धि नेपालको अभियानलाई सफल पार्न नागरिक समाज र स्थानीय सरकारबिचको सहकार्यको आवश्यकताका सरोकारवालाहरूले जोड दिएका छन् ।
भक्तपुरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले असोज ७ गते आयोजना गरेको ‘वर्तमान परिप्रेक्षमा नागरिक समाज तथा स्थानीय सरकारबिचको सहकार्यका अवसर र चुनौती’ विषयक कार्यक्रममा सरोकारवालाहरूले यस्तो कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा पूर्व उद्योग मन्त्री एवम् प्रतिनिधिसभा सदस्य महेश बस्नेतले अहिले राज्यलाई एकदमै बलियो र शसक्त बनाउने बेला आएको बताए ।
उनले भने–‘देशलाई कमजोर बनाउन केही देशी र विदेशी शक्तिहरू सक्रिय छन् । त्यसलाई केही मिडियाले साथ दिइरहेका छन् । नागरिकमा भ्रम फैल्याएर फेरि अशान्ति फैलाउन केही तत्व सक्रिय छन् । यस्तो बेलामा राज्यलाई एकदमै बलियो र शसक्त बनाउनु पर्छ ।’
बस्नेतले जनताले आफ्नो माग सहज ढङ्गले पुर्याउने स्थानीय सरकार नै भएकाले स्थानीय सरकार र नागरिक समाजको सहकार्य भएमा जस्तोसुकै चुनौतीलाई पनि अवसरका रूपमा लैजान सकिने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका उपप्रमुख सरिता कुँवरले जिल्ला समन्वय समितिलाई भूमिकाविहीन बनाउँदा स्थानीय सरकारहरू बिच समन्वयमा कठिनाई आएको बताउँदै स्थानीय सरकारले जिल्ला समन्वय समितिलाई टेर्न समेत छाडेको गुनासो गरिन् ।
सूर्यविनायक नगरपालिकाकी उपप्रमुख जूना बस्नेतले सूर्यविनायक नगरपालिकाले नागरिक समाजको सहभागितामा ऐन नियम बनाएर कार्यान्वयनमा ल्याएको बताउँदै विकासमा समेत नागरिक समाजको सहभागिता गराएको जानकारी दिइन् ।
सविना केसी
सम्बन्धित इन्सेक गतिविधिहरू
जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित श्री सुर्यप्रकाश सिर्जनशील बाल अधिकार समुहको आयोजना, पञ्चपुरी मानव अधिकार समुह, श्री सुर्यप्रकाश मावि पलैटेको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा २०८१ माघ…
बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ माघ २ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,…
भूकम्प सुरक्षा दिवसका अवसरमा विपत् न्यूनिकरणका विषयमा छलफल
भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित “स्कूल क्लबमा आधारित उत्थानशील समुदाय मोडल परियोजना” मार्फत विपत् जोखिम न्यूनीकरणको लागि तालिम प्राप्त शिक्षिका/शिक्षकहरूले जोखिम…
भास्सराका विद्यार्थीद्वारा विपद् जोखिम न्यूनीकरणमा सामुदायिक सचेतना अभिवृद्धि
ललितपुर महानगरपालिका-१९ को भास्सारा माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण (डीआरआर) कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गरिएको छ । प्राकृतिक विपद्सँग सम्बन्धित जोखिमबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सचेतना…
इन्सेकद्वारा उपचारमा आर्थिक अभाव झेलेका बालकलाई आर्थिक सहयोग
आर्थिक अभावका कारण डिस्चार्ज भएर घर जानसमेत समस्यामा परेका बैतडीका १४ वर्षीय रोशन धामीलाई इन्सेकले आर्थिक सहयोग गरेको छ । इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले पुस २७ गते पीडितलाई…