नागरिक समाज र स्थानीय सरकारबीच सहकार्य जरूरीः नागरिक समाज
स्थानीय सरकार र नागरिक समाजबीच केही मतभेद र तालमेल नमिलेको जिल्लास्थित नागरिक समाजका अगुवाहरूले आरोप लगाएका छन् । उनीहरूले आपसी सहकार्यका लागि वातावरण तयार गर्न स्थानीय तहका प्रतिनिधिहरूलाई आग्रहसमेत गरेका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सिन्धुलीमाढीमा आयोजना गरेको ‘वर्तमान परिप्रेक्षमा नागरिक समाज तथा स्थानीय सरकारबीच सहकार्यका लागि अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरूले यस्तो आग्रह गरेका हुन ।
स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरू, नागरिक समाजका प्रतिनिधि, पत्रकार, मानव अधिकारबीचमा भएको कार्यक्रममा सहजीकरण गर्दै गैसस महासङ्घ सिन्धुलीका अध्यक्ष बेदराज दाहालले स्थानीय सरकारले गैससहरूलाई उचित समन्वय, नियमन र काम गर्ने वातावरणको सृजना गरी विकासमा साझेदारी गर्नुपर्नेमा जोड दिए ।
दाहालले स्थानीय तह सरकार सञ्चालन, कानुन निर्माणलगायतका विषय नयाँ भएकाले पनि गैससहरूलाई काम गर्न सहज नभएको बताए । नागरिक समाजसँगको सहकार्यले विकासलाई सहज बनाउने बताउँदै उनले स्थानीय सरकारले यसलाई अवसरका रुपमा लिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य सङ्घ सिन्धुलीका अध्यक्ष अमरेशचन्द्र बैदारले निजी क्षेत्रले नागरिकलाई सहज रूपमा सेवा दिने विषयमा स्थानीय सरकार र स्थानीय सरोकारवालासँग मिलेर काम गर्न तयार रहे पनि तालमेल मिल्न नसकेको बताए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घ प्रदेश ३ का सचिव राजन गाउँलेले गैसस र स्थानीय सरकारबीच विश्वासको वातावरण बन्न नसकेकाले विकासमा बाधा पुगेको बताए ।
यस्तै अधिकारकर्मी सविता कोइरालाले नागरिक समाजका हिजोका कामलाई मुल्याङ्कन गर्दै सहकार्यमा स्थानीय सरकार खुला हुनपर्नेमा जोड दिइन् ।
कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले नागरिक समाज र स्थानीय सरकारबीच विश्वासको सङ्कट भएकाले साझेदारीमा समस्या आएको बताएका छन् ।
मेयर खत्रीले नगरपालिकाले नागरिक समाज र स्थानीय सरकारबीचको दुरी कम गरी विकासमा साझेदारी, पारदर्शिता र जबाफदेहिता कायम गर्न प्रयास गरिरहेको समेत दावी गरे ।
तिनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापा मगरले नागरिक समाजसँगको सहकार्यमा समेत व्यक्ति र राजनीति हावी भएको बताए । उनले असल र खराब छुट्याएर काम गर्ने वातावरण नभएसम्म पारदर्शिता र स्वतन्त्र छानविन सम्भव नभएकाले पनि नागरिक समाज र स्थानीय सरकारबीच दुरी बढेको बताए । उनले स्थानीय विकासका लागि असल नागरिक समाजसँग व्यवस्थित सहकार्य जरूरी रहेको बताए ।
जिल्ला समन्वय समिति सिन्धुलीका सदस्य गङ्गा कार्कीले आर्थिक समृद्धिका लागि गैसस र सरकारबीच सहकार्य जरूरी रहेको बताइन् । फिक्कल गाउँपालिकाका कार्यपालिका सदस्य खड्गबहादुर सुनुवारले विकासमा स्थानीय सरकारलाई एक्लै हिँड्न चुनौती भएको बताउँदै नागरिक समाजसँगको सहकार्य अवसरका रूपमा लिनुपर्ने बताए । नागरिकका आवश्यकता पुरा गर्न स्थानीय सरकारलाई गाह्रो भएको उल्लेख गर्दै उनले गैससको सहयोग आवश्यक रहेको बताए ।
विमला पाण्डे
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत मनहरी गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा देखिएका समस्याहरू समाधान गर्नको लागि मनहरी गाउँपालिकामा गठन भएको मानव अधिकार समूहले मनहरी गाउँपालिकाको अध्यक्षलाई ज्ञापन पत्र बुझाएको…
लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नु आवश्यकः उपाध्यक्ष चौँलागाईँ
बागमती प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौँलागाईँले लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नलाई तयार रहन युवा वर्गलाई अनुरोध गर्नु भएको छ । गैरसरकारी संस्था महासङ्घ, मकवानपुरको आयोजना, हेटौँडा उपमहानगरपालिका र…
बाल अधिकार चेतना समूहद्वारा जनचेतनामूलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र बेलौरी नगरपालिका–२ गोकुलपुरस्थित श्री लक्ष्मी माध्यमिक विद्यालय र बेलौरी नगरपालिका–३ खिरीयास्थीत श्री जनजागृती पुष्पलाल स्मृती माध्यमिक विद्यालयमा गठित बाल अधिकार…
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बाल अधिकार चेतना समूहद्वारा सडक नाटक प्रर्दशन
कैलारी गाउँपालिकास्तरीय मानव अधकार समूह, बाल अधिकार चेतना समुह र जनकल्याण माध्यामिक विद्यालयको संयुक्त आयोजनामा बाल अधिकार चेतना समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर २१ गते सडक…
मानवअधिकारको पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
गण्डकी प्रदेश सरकार, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेशको संयुक्त आयोजनामा मङ्सिर २० गते पोखरामा मानवअधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न…