नागरिक समाज र स्थानीय सरकारबीच सहकार्य अपरिहार्य: सरोकारवालाहरु
वर्तमान परिप्रेक्षमा नागरिक समाज र स्थानीय सरकारबीचको सहकार्य अवसर र चुनौति विषयक छलफल कार्यक्रममा सरकोकारवालाहरूले नागरिक समाज र सरकारबीच सहकार्य अपरिहर्य रहेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा साउन १३ गते कालिकास्थानमा गरिएको कार्यक्रममा सहभागीहरूले यस्तो कुरा बताएका हुन् ।
कार्यक्रममा कालिका गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक भवानीप्रसाद न्यौपानेले मानव अधिकार क्षेत्रमा काम गरिरहेको संस्थाले वर्तमान परिप्रेक्ष्यमा नागरिक समाज र स्थानीय सरकारबीचको सहकार्य अवसर र चुनौति विषयक छलफल कार्यक्रम राखेर निकै राम्रो सुरूवात गरेको बताउँदै नागरिक समाज र स्थानीय सरकार एकै रथका दुई पाङ्ग्रा भएकाले धेरै विषयमा सहकर्य गरेर अघि बढ्नु पर्ने बताए ।
उनले सही र गलत काममा सर्मथन र विरोध गर्न पाउने बताउँदै आआफ्नो दम्भ र घमण्ड नगरी सहकार्य गरेर अघि बढ्नु पर्ने बताए ।
एफएचआई ३६० र युएसएडसँगको सहकार्यमा सञ्चालित पारस्परिक जबाफदेहिता परियोजना अन्तर्गत आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कालिका गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले नागरिक समाजले सरकारलाई सहयोग गर्ने, सरकार र नागरिकबीच समन्वय गर्ने र नागरिक शसक्तीकरण गर्ने भूमिका रहने बताए ।
स्थानीय सरकारले नीतिगत रूपमा सहयोग गर्ने, उपभोक्ता समितिलाई सक्षम बनाउने काम गर्न सक्ने बताए ।
त्यसैगरी जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत लीलानाथ नेपालले लामो समयपछि स्थानीय तहले जनप्रतिनिधि प्राप्त गरेकाले नागरिककेन्द्रीत काम गरिने बताए ।
हेमनाथ खतिवडा
सम्बन्धित इन्सेक गतिविधिहरू
बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग
डिसीएको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा ०८१ चैत ४ गते बलात्कार घटनाकी पीडित २२ वर्षीया महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।…
वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न
इन्सेकले चामुण्डाबिन्द्रासैनी नगरपालिकामा ०८१ चैत ३ गते स्थानीय तहमा वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा जवाफदेही वक्ता र सहभागीहरूले फोहोर व्यवस्थापन मुख्य चुनौती भएको बताएका छन् । सङ्घीय…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको आयोजना र डिसिएका अर्थिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ फागुन २९ गते जनकपुरधाममा सम्पन्न भएको छ । बैठकमा इन्सेक…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भएका कारण सामुहिक बलात्कारमा पर्नुभएकी १३ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि फागुन २९ गते पीडित परिवारलाई १० हजार रुपियाँ सहयोग गरेको छ । इन्सेक रुपन्देही…
बलात्कार घटनाको पीडित बालिकालाई इन्सेकको सहयोग
१४ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ चैत १ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ…