नागरिक समाज र सञ्चार जगतको सहकार्य अभावमा विकास ओझेलमा
नागरिक समाज र सञ्चार जगतको सहकार्यको अभावमा विकासका जल्दाबल्दा समस्याहरू ओझेलमा परेको सरोकारवालाहरूले बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा फागुन ७ गते विदुर नगरपालिकामा आयोजना गरिएको ‘विकासका लागि नागरिक समाज र सञ्चार जगतको सहकार्य’ विषयक अन्तरक्रियामा विकासमा हुने गरेको ढिलासुस्तीलाई रोक्नको लागि नागरिक समाज र सञ्चार जगतबीचको सहकार्य हुन नसकेको सरोकारवालाहरूले बताएका हुन् ।
नेपाल नागरिक समाजका उपाध्यक्ष केशव मिश्रले विकास निर्माणका योजनाहरूलाई छिटोछरितो रूपमा सम्पन्न गराउनको लागि नागरिक समाज र सञ्चार जगतबीचको सहकार्यको खाँचो रहेको बताए ।
उनले भने–‘नागरिक समाजले यस्ता विषयलाई प्राथमिकता दिएर खोज्ने र त्यसलाई सञ्चार जगतले आम समुदाय र सरोकारवाला निकायसम्म पु¥याउने भूमिका खेल्नु पर्छ । समयमा विकास नहुनु भनेको देशकै क्षति हुनु हो र नागरिकले थप पीडा भोग्नु हो त्यसैले सहकार्यले विकासको गतिलाई तीव्रता दिन सहयोग पुग्छ ।’
गैरसरकारी संस्था महासङ्घका उपाध्यक्ष गोकर्ण नेपालले नागरिक समाज र सञ्चार जगतको सहकार्य भएमा विकासले गति लिने तथा नागरिक समाजको गतिविधि र सरकारी निकायका गतिविधिहरू पारदर्शी हुने बताए ।
नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष कपिलदेव खनालले विकासका कामहरूलाई प्रभावकारी र दिगो बनाउनका लागि नागरिक समाज र सञ्चार जगतको भूमिका महत्वपूर्ण हुने बताए । उनले नागरिक समाज र सञ्चार जगतको निगरानीले दिगो विकासमा टेवा पुगी उपभोक्ताहरू लाभान्वित हुने बताए ।
मानव अधिकार एलाइन्सका पूर्व केन्द्रीय सदस्य यमकुमार खातीले नागरिक संस्था र सञ्चार जगतको सहकार्यले समुदायप्रति जिम्मेवार बनाउन भूमिका खेल्ने बताए । उनले नागरिक समाज र सञ्चार जगतको सहकार्यले आवाज विहीनहरूको मुुद्दालाई बाहिर ल्याउने भएकोले समुदाय नै यसबाट लाभान्वित हुने बताए ।
महिला मानव अधिकार रक्षक सञ्जाल नुवाकोटकी पूर्व अध्यक्ष शर्मिला थापामगरले नागरिक समाज र सञ्चार जगतले जातिगत विषय र सांस्कृतिक पक्षहरूमाथि पनि ध्यान दिनु पर्ने बताइन् । उनले स्थानीय सरकारका विकासका गतिविधिहरूमा पनि चासो राख्नुपर्ने बताइन् ।
सहभागीहरूले नागरिक सङ्घसंस्था र सञ्चार जगतले उठाएका विषयहरूलाई सरकारी निकायले गम्भीरतापूर्वक लिनु पर्नेमा त्यसो नभएको गुनासो गरे । सहभागीहरूले आगामी दिनमा नागरिक समाज र सञ्चार क्षेत्रमा आवद्धहरूले एक अर्का बीच अझै घनीभूत सहकार्य गरेर जानेमा प्रतिबद्धता जनाए ।
नवदीप श्रेष्ठ
सम्बन्धित इन्सेक गतिविधिहरू
मधेस प्रदेशको मानव अधिकार विषयक छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष डाक्टर कुन्दन अर्याल, सूचना अधिकारी कृष्ण गौतम, मधेस प्रदेश संयोजक राजु पासवान, प्रलेख अधिकृत मोहन कुमार चौधरी, सहायक अधिकृत मधु पन्थीलगायतको टोलीले ०८१…
हिंसा पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग
पचालझरना गाउँपालिका–१ की २४ वर्षीया सरिता खड्कालाई इन्सेकले कानुनी प्रक्रियामा जानका लागि कालिकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपाली मार्फत ०८१ असोज ४ गते ९ हजार रुपियाँ सहयोग गरेको छ ।…
इन्सेकको समन्वयमा युवा मानव अधिकार रक्षक सञ्जाल गठनका लागि जिल्ला स्तरीय सरोकारवालाहरूसँग छलफल
परियोजना परिचयात्मक तथा युवा मानव अधिकार रक्षक सञ्जाल गठनका लागि जिल्ला स्तरीय सरोकारवालाहरूसँग छलफल कार्यक्रम सम्पन्न भएको छ । रोयम नेपालको आयोजना, (AEIN) को आर्थिक सहयोग तथा अनौपचारिक क्षेत्र सेवा…
मानव अधिकार अभिलेख : घटना पहिचान, तथ्य सङ्कलन र प्रसारसम्बन्धी तालिम सम्पन्न
मानव अधिकार अभिलेख : घटना पहिचान, तथ्य सङ्कलन र प्रसारसम्बन्धी दुई दिवसीय तालिम जनकपुरधाममा ०८१ असोज ३ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेकका अध्यक्ष डाक्टर कुन्दन अर्यालले इन्सेकको परम्परा…
मानव अधिकार सहायता कक्ष सवलीकरण छलफल सम्पन्न
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकार सहायता कक्ष सवलीकरण विषयक छलफल कार्यक्रम ०८१ असोज २ गते धनगढीमा सम्पन्नभएको छ । मानव अधिकार सहायता कक्षका प्रदेश संयोजक देबी खनालले…